झापामा डिज्नेल्याण्ड बन्दै, एसियाकै नमूना हुने

7 महिना अगाडी

बिर्तामोड । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ । 
दमक नगरपालिकामा १६ अर्ब रुपैयाँ लागतमा पार्क बनाइन लागेको जानकारी पार्कका लगानीकर्ता मध्येका एक अजेयराज सुमार्गीले दिनुभएको हो । चर्चित् उद्योगी तथा व्यवसायी सुमार्गीका अनुसार दमकको वडा नम्बर ८ बालुवाटारमा १२२ बिगाहा क्षेत्रफलमा फन पार्क बन्नेछ । 
पार्क निर्माण गर्ने समूहमा व्यवसायी सुमार्गीका साथै दमकका स्थानीय प्रतिष्ठित नेताहरु हुनुहुन्छ । दमकका अग्रज नेताहरु गगन पुरी, प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव इन्द्र भण्डारी, नेकपाका केन्द्रीय सदस्य देवेन्द्र दाहाल, प्रदेशका कानुन मन्त्री हिक्मत कार्की, नेकपाका युवा नेता गणेश बस्नेत लगायतको लगानीमा पार्क बन्न लागेको हो । नेताहरुले भने पार्कमा रकम लगानी नगरेर आफ्नो तथा आफन्तको नाममा रहेको जग्गा दिएर लगानी गर्न लाग्नुभएको हो । 
‘यो पार्क अढाई वर्षमा बनिसक्नेछ’– व्यवसायी सुमार्गीले भन्नुभयो । उहाँका अनुसार पार्क निर्माणमा प्रदेश सरकारले पनि निश्चित प्रतिशत रकम लगानी गर्नेछ । पिपिपी मोडलमा सरकारी र निजी लगानीमा बन्न लागेको यो पहिलो फन पार्क हो । यो पार्क निर्माणले नेपालमा पिपिपी मोडलको सफल र उदाहरणीय काम हुने सुमार्गीले बताउनुभयो । 
‘विश्व चर्चित् डिज्नेल्याण्डकै स्वरुपमा यो पार्क बन्नेछ । पार्क अवलोकनका लागि भारत तथा दक्षिण एसियाका अन्य देशहरुबाट लाखौं पर्यटक भित्राउने हाम्रो लक्ष्य छ’– सुमार्गीले बताउनुभयो । फन पार्क बनेपछि त्यसले झापा जिल्लाका साथै सम्पूर्ण एक नम्बर प्रदेशको अर्थतन्त्रलाई धेरै माथि उठाउने छ । 
पार्कको मोडल हेर्न प्रदेश सरकारको तर्फबाट अर्थमन्त्रीका स्वकीय सचिव, नेता गगन पुरी र निर्माण व्यवसायी गणेश बस्नेत र उद्योगी अजेयराज सुमार्गीले सिंगापुर, दुबई तथा मलेसियाको भ्रमण गरिसक्नुभएको छ । ‘हामी विश्व स्तरीय फन पार्क बनाउँदैछौं’– सुमार्गीले बताउनुभयो ।
पार्क निर्माणको संयोजन केन्द्रीय स्तरमा सुमार्गी र इन्द्र भण्डारीले तथा स्थानीय गगन पुरी र देवेन्द्र दाहालले गरिरहनुभएको छ । पार्क निर्माण सम्बन्धी छलफल गर्न तथा निर्माण स्थल अवलोकन गर्न उद्योगी सुमार्गी दुई पटक दमक पुगिसक्नुभएको छ । 
स्थलगत अवलोकनमा पार्क निर्माण गर्न उपयुक्त देखिएपछि पार्कको डिपिआर तिब्र गतिमा बनिरहेको समाजसेवी सुमार्गीले बताउनुभयो । 
पार्कको शिलान्यास नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबाट गराउने योजना रहेको छ । ‘हामी चाँडै नै शिलान्यासको अवस्थामा पुग्दैछौं, आउँदो माघ महिनाभित्र शिलान्यास गर्नेछौं । यसका लागि झापा सहित सम्पूर्ण पूवाञ्चलका जनताको साथ र सहयोगको अपेक्षा गर्दछौं’– सुमार्गीले भन्नुभयो ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter