झुमकी यात्रा सुरु हुने

2018-06-04

काठमाडौं । सम्बलद्वारा मंगलबारदेखि आरम्भ हुने ‘झुमकी यात्रा ः महिला हिंसाविरुद्ध सशक्त आवाज’ का लागि कलाकारहरूको एक टोली प्रदेश २ का लागि प्रस्थान गरेको छ । बलात्कार पीडित महिलाको कथामा आधारित पत्रकार अनिलकुमार कर्णको नाटक झुमकीको प्रदर्शन र महिलामाथि हुने हिंसाविरुद्ध जनमत निर्माणका लागि सो टोली मंगलबारदेखि प्रदेश २ का आठवटै जिल्लामा पुग्नेछ ।
प्रदेश २ जानुपूर्व सम्बल टोलीका सदस्यलाई पूर्वउपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सोमबार आयोजित एक कार्यक्रममा सम्मान गर्दै महत्वपूर्ण र आवश्यक विषयमा जनमत निर्माण गर्न सम्बलको यात्रा सफल हुने कामना गरे । 
सडक नाटकको स्वरूपमा प्रदेश २ का सप्तरीदेखि पर्सासम्मका विभिन्न १६ ठाउँमा प्रदर्शन हुने सो नाटकको प्रायोजन सामाजिक उत्तरदायित्वअन्तर्गत एडभान्स ग्रुपले गर्नेछ । कार्यक्रममा प्रस्तुत नाटक हेरेपछि नेता निधिले झुमकीले अत्यन्त प्रभावशाली ढंगले सकारात्मक एवं सार्थक सन्देश दिने र बलात्कारजस्ता जघन्य अपराधविरुद्ध जनतालाई सचेत बनाउने बताए । 
बलात्कार पीडित महिलाको पीडा, सकस र संघर्ष देखाइएको उक्त नाटक केही समयअघि काठमाडौंमा एकल नाटकका रूपमा प्रदर्शन गरिएको थियो ।
नाटकमा अभिनेत्रीहरू रिना रिमाल र पुनम ढकाल, गंगाकान्त झा, सबिन कट्टेल, सरस्वती अधिकारी, सगुन शर्मा आदिले अभिनय गर्ने यात्रा संयोजक लक्ष्मी चौधरीले बताइन् । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter