काठमाडौं । ‘गर्लफ्रेन्ड छैन’ गीतबाट गायक कमल बिसी (माल्दाई) एपिक नेपाल म्युजिक अवार्डमा टप फाइब मनोनयनमा परेका छ्न ।
लोक पप नवगायक बिधाबाट उनी मनोनयनमा परेका हुन । युवामाझ लोकप्रिय बनेको गर्लफ्रेन्ड छैन गीतमा गायक बिसीले शब्द, संगीत, स्वर र अभिनय समेत गरेका छन । धेरै कलाकारहरुलाई पछि पार्दै गायक बिसी Top 5 मा पर्न सफल भएका हुन । आज अनलाईन मार्फत एपिक नेपाल म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको हो ।
‘कला र गलाको संरक्षण हाम्रो अभियान’ भन्ने मुल नाराका साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को मनोनयन सार्वजनिक गरिएको हो । लोकदोहोरी , आधुनिक, पप लगाएत गरि ६५ बिधामा मनोनयन सार्वजनिक गरिएको छ । मनोनयनमा परेका सर्जक कलाकारहरुलाई यहि मंसिर २४ गते प्रमाण पत्र बितरण गरिने आयोजकले जनाएको छ ।