टेलिकमले ल्यायो ‘फाइवर टु दि होम’ सेवा

2 महिना अगाडी

गलकोट । नेपाल टेलिकम बागलुङले आफ्नो सेवालाई गुणस्तरीय तथा द्रुतगतिको इन्टरनेट सेवा प्रदान गर्नका लागि पूर्णतः फाइवर तारयुक्त बनाएको छ ।
बागलुङ बजारमा नमूनाको रुपमा कपर ९तामाको तार० को प्रयोग हटाई पूर्णतः फाइवर तारको प्रयोग गरी ‘फाइवर टु दि होम’ सेवा शुभारम्भ गरिएको नेपाल टेलिकम बागलुङले जनाएको छ ।
टेलिकमले एक वर्ष लगाएर प्रमुख लाइनको रुपमा जमीनमुनि र शाखा लाइनको रुपमा पोलको प्रयोग गरेर सेवाग्राहीको घरसम्म फाइवर तार बिच्छ्याउने काम सम्पन्न गरेको छ ।
नेपालमै नमूनाको रुपमा रहेको ‘फाइवर टु दि होम’ को सम्पूर्ण काम सम्पन्न भई सेवाको सञ्चालन गरिएको नेपाल टेलिकमका प्रमुख केशव शर्माले बताए ।
‘सेवाग्राहीको घरघरसम्म तार तथा डिभाइस वितरण गरिसक्यौँ’, शर्माले भने, ‘टेलिकमका नयाँ ग्राहकको घरमा फाइवर सेवा शुरु भयो भने पुराना ग्राहकलाई केही दिनमै सेवा प्रदान गर्नेछौँ ।’
टेलिकमले नेपालका विभिन्न ठाउँमा फाइवरमार्फत इन्टरनेट सेवा प्रदान गरे पनि बागलुङमा भने इन्टरनेट र फोन दुवै सेवा फाइवरमार्फत दिन थालेको हो ।
पुरानो प्रविधिको तामाको तारको प्रयोग गर्दा धेरै प्रकारका तार टाँग्नुपर्ने, इन्टरनेटको गति घट्दै जाने, पटक–पटक आउने समस्याले सेवाग्राहीले हैरानी खेप्नुपर्ने अवस्था फाइवर सेवा प्रदान गर्न थालेपछि अन्त्य भएको शर्माको भनाइ छ ।
एक महीनाभित्र सम्पूर्ण ग्राहकलाई कपर विस्थापित गरेर फाइवरमा लगिसक्ने योजना रहेको टेलिकमले जनाएको छ ।
बागलुङ बजार क्षेत्रमा रहेका करीब तीन हजार ल्याण्डलाइन टेलिफोन तथा सोही सङ्ख्याका एडिएसएल इन्टरनेटका सेवाग्राहीले अब एकैसाथ फाइवर प्रविधिको भ्वाइस तथा डाटाको सेवा लिन पाउनेछन् ।
पुरानो प्रविधिलाई पूर्णतः विस्थापित गरी नयाँ प्रविधिको प्रयोगबाट फाइवर सेवा दिन शुरु गरेको टेलिकम बागलुङले जनाएको छ ।
नयाँ ग्राहकलाई फाइवर सेवा प्रदान गरेर सेवाको शुभारम्भ गरे पनि अबको एक महीनाभित्र बागलुङ बजारका सबै ग्राहकलाई फाइवर उपलब्ध गराउने टेलिकम प्रमुख शर्माले बताए ।
कपर प्रविधिको इन्टरनेटमा भन्दा फाइवर प्रविधिको इन्टरनेट द्रुत गतिमा चल्ने टेलिकमले जनाएको छ । टेलिकमको नयाँ तथा पुराना ग्राहकलाई निःशुल्क डिभाइस प्रदान गरिएको टेलिकम प्रमुख शर्माले बताए ।
‘पुरानो प्रविधिको एडिएसएल चलाइरहेकालाई पुनः नयाँ डिभाइस किन्न समस्या हुनसक्ने भएकाले नयाँ प्रविधिका डिभाइस टेलिकमले निःशुल्करुपमा उपलब्ध गराउने अभियान शुरु गरेको छ’, शर्माले भने, ‘सेवाग्राहीले निःशुल्क डिभाइस प्राप्त गर्दा पुरानो डिभाइस विस्थापित गर्न सहज भयो ।’
हाल तामाको तारमार्फत जडित एडिएसएल इन्टरनेट सेवा दुई एमबिपिएसदेखि पाँच एमबिपिएस गतिमा मात्र चल्ने भए पनि यो प्रविधिको प्रयोग हुँदा घटीमा आठ एमबिपिएसदेखि ५५ एमबिपिएस गतिमा चल्नेछ ।
फाइवर जडानपछि हाल पुरानो प्रविधिमा प्रयोग भइरहेका आठ वटा तार विस्थापित भई एउटा मात्र तारको प्रयोग गरिएको छ । अनावश्यक तार हटाउँदा बागलुङ बजारको सौन्दर्यीकरणसमेत हुने टेलिकमले जनाएको हो । टेलिकमले बागलुङ बजारको जमीनमा अप्टिकल फाइवर बिच्छ्याएर छ हजारभन्दा बढी ग्राहकले लाइन तान्न मिल्ने गरी छ वटा क्याविनेटसमेत निर्माण गरिसकेको छ । (रासस)


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter