वासिङटन, कात्तिक २४ । अमेरिकाको ४५ औं राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्प चुनिएका छन् । मंगलबार भएको निर्वाचनमा दुई सय ७० इलेक्ट्रोल भोट आवश्यक रहेको अवस्थामा यो समाचार तयार पार्दास्म्म उनले दुई सय ९० इलेक्ट्रोल भोट हासिल गरिसकेका छन् ।
पछिल्लो समय माहोल हिलारी क्लिन्टनको पक्षमा गएको भएता पनि तेस्रो कार्यकाल एउटै पार्टीलाई नदिने अमेरिकी जनताहरुको परम्परालाई कायम राख्दै ट्रम्पले जित हासिल गरेका छन् । अमेििरकाको संसद कंग्रेसमा पनि रिपब्लिकन पार्टीको नियन्त्रण रहने पछिल्लो मतले देखाएको छ ।
यससँगै ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुने पहिलो गैर राजनीतिक पृष्ठभूमिको व्यक्ति पनि बन्न सफल भएका छन् । अमेरिकी राष्ट्रपति पदमा चुनिएका ट्रम्पको विषयमा चलिरहेको विभिन्न किसिमका मुद्दाहरु तथा उनले दिएका अभिव्यक्तिहरुको कारण उनकै पार्टीको केही नेताहरुले पनि उनलाई सहयोग गरेका थिएनन् ।
यस्तोमा पनि उनले विजय हासिल गर्दै अमेरिकी राष्ट्रपतिमा आफ्नै पार्टीको असहयोगको बाबजुद विजय हासिल गर्ने इतिहास पनि बनाएका छन् ।
उनले निर्वाचन प्रचारको क्रममा दिएका केही पृथकतावादी भाषणहरुलाई ट्रम्पले के कार्यान्वयनमा ल्याउलान् ? त्यो भने हेर्न बाँकी छ । एजेन्सी