ढोरपाटनका पहिरो पीडितलाई सहयोग गर्न जिल्ला सहकारी संघ बागलुङको आव्हान

21 दिन अगाडी

बागलुङ ।  जिल्ला सहकारी संघ लिमिटेड बागलुङले ढोरपाटन नगरपालिकामा भएको बाढी पहिरोबाट भएको घटनाप्रति दुख व्यक्त गरेको छ । भदौ १७ गते अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ढोरपाटन नगरपालिका वडा नं. ५, ६, ७, ८ र ९ का विभिन्न स्थानमा जनधनको क्षतिले जिल्ला सहकारी संघलाई स्तब्ध तुल्याएको संघले जनाएको छ ।
  जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा शनिवार बिहान बसेको संघको वैठकले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली, मृतकका परिवारमा समवेदना तथा घाइतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै घटनामा परि वेपत्ता भएकाहरुको खोजविन र राहत तथा पुनस्थापनामा ध्यान दिन संघले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षण गराएको संघका सचिव तेजेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
  पहिरोबाट ढोरपाटन नगरपालिकामा १५ जनाको ज्यान गएको र २३ जना वेपत्ता रहेका छन् । बढी पहिरोले ८० घर पूर्ण रुपमा र ५१ घरमा आंशिक क्षति पुगेको छ । बाढी पहिरोले सो क्षेत्रका ११ वटा लघुजलविद्युत, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुंगेपुल, ५ वटा ढलान पुल, १० वटा काठे पुल र २ वटा विद्यालयमा क्षति पु¥याएको छ ।
  पहिरोका कारण ठुलो संख्यामा स्थानीय वासिन्दाहरु घरबार बिहिन भएको अवस्थालाई मध्यनजर गरी जिल्ला सहकारी संघले जिल्लामा सञ्चालित सम्पूर्ण सहकारी संघ संस्थाहरु लगायत देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई सहयोगका लागि आव्हान गरेको छ ।
  विपत्तीको समयमा सबै मिलेर पीडितहरुको पीडामा मल्हम लगाउने योजनाका साथ जिल्ला सहकारी संघले देशभरका सहकारी संघ संस्था र सहकारीकर्मीहरुलाई संघको अभियानमा सहयोग गर्न आव्हान गरेको जिल्ला सहकारी संघका कोषाध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जि.सी.(अञ्जु)ले बताउनुभयो ।
  बागलुङवासीलाई परेको विपत्तीमा देशभरका सहकारीहरुबाट ऐक्यवद्धता र सहयोगको अपेक्षा सहित सहयोगका लागि जिल्ला सहकारी संघ लिमिटेड बागलुङको राष्ट्रिय सहकारी बैंक बागलुङ शाखामा रहेको खाता नं. १४–०००३३–९ मा रकम जम्मा गर्न सकिने कोषाध्यक्ष जिसीले जानकारी दिनुभयो ।
  संघले सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णयसंगै संघका पदाधिकारी तथा सदस्यहरुका तर्फबाट ६० हजार रुपैया संकलन भएको छ । सहकारी अभियानको तर्फबाट बाढी पहिरो पीडितका लागि देशभरबाट सहयोग संकलन हुने अपेक्षा गरिएको छ, संघका अध्यक्ष दिपक गौतमले भन्नुभयो, जिल्ला सहकारी संघ बागलुङको यो अभियानले देशभरका अन्य क्षेत्रमा समस्या पर्दा पनि ऐक्यवद्ध हुन सहयोग पुग्नेछ ।  

Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter