तपाईले याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै १०ः१० किन बजेको हुन्छ ?

2 महिना अगाडी

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सबै सौखिन नै हुन्छौ । नयाँ–नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ । तर एउटा कुराको याद सायद हामीमध्ये कमैले गरेका होलाउँ । डिस्प्लेमा राखिएका घडीहरुमा कति बजेको हुन्छ भनेर । त्यो भन्दा बढी हामी घडीको डिजाइन र मूल्यमा नै केन्द्रित हुन्छौ ।
यसरी विज्ञापनमा राखिने घडीमा चाहे जति नै बेला किन नहोस् त्यो घडीमा १० बजेर १० मिनेट गएको हुन्छ । आखिर विज्ञापनका घडीमा किन १०ः१० बजेको हुन्छ त ? यसको कारण यस्तो छ । घडीमा दश बजेर दश मिनेट गएको समयमा घन्टा सुई र मिनेट सुईको अवस्था यस्तो ठाउँमा हुन्छ जसले हाँसेको मानिसको मुखाकृति जस्तो देखाउँदछ । 
चित्रमा बनाइने हाँसेको मुखाकृति जस्तै घडीको सुईले बनाइदिन्छ । सायद हँसिलो स्वरुप देखाउनका लागि पनि विज्ञापनका घडीमा दश बजेर दश मिनेट बनाइएको हुन्छ । अर्को कारण हो, विजयको सूचक । दश बजेर दश मिनेट जाँदाको अवस्थामा घन्टा सुई र मिनेट सुई अंग्रेजी अक्षर ‘भी’ को आकारमा हुन्छ । ‘भी’ को अर्थ भिक्ट्री अर्थात विजय भन्ने हुन्छ । 
सायद सबैभन्दा सर्वेश्रेष्ठ घडी यहीँ हो भन्ने कुरा देखाउनका लागि हुनसक्छ यसो गराइएको । सबैभन्दा महत्वपूर्ण कुरा त के भने घडीभित्र लेखिएको ब्रान्डको नाम तथा लोगो प्रष्ट रुपमा देखाउनका लागि समेत दुवै सुईलाई यसरी माथि राखिएको हुनसक्छ । कतिपयका अनुसार जब पहिलोपटक वैज्ञानिकहरुले घडी बनाए तब ठ्याक्के दश बजेर दश मिनेट गएको थियो । त्यसैलै घडीको डिफल्ट समय नै दश बजेर दश मिनेट बनाइएको हुनसक्छ ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter