काठमाडौं । चाबहिल जोरपाटी सडक अस्तव्यस्त अवस्थामा गुज्रिएको छ । बढ्दो सवारी साधनको चाप र हालै कालोपत्रे गर्न शुरु गरेको सडकमा एकतर्फि बाटो हुँदा सडक अस्तव्यस्त हुन गएको छ ।
केहीदिन अघि मात्र बौद्ध–जोरपाटीका व्यापारीहरुले बाटोमा धेरै धुँवा उडेको र सडक पूर्णरुपमा जीर्ण भएको भन्दै आन्दोलन गरेका थिए । आन्दोलनलाई शान्त पार्न सरकारले त्यस क्षेत्रमा केही ठाउँमा कालोपत्रे गर्न त भ्यायो तर पूरै काम अझै कहिले सम्पन्न हुनेहो अनिश्चित बन्दै गएको छ । आन्दोलनका क्रममा स्थानीय व्यापारीहरुले विजुली,,टीभी इन्टरनेटका तार समेत काटेर त्यसै फालिएको अवस्थामा अझै त्यहाँ देख्न सकिन्छ । बाटोको दायाँ बायाँ भागमा गिटी र बालुवा थुपारेर झनै बाटो साँगुरो बनेको छ ।
(फोटोः रोशन ज्ञवाली)