एजेन्सी । दशक लामो रोनाल्डो–मेस्सी युग तोड्दै क्रोएसियाका लुका मोड्रिकले बालोन डी’ओर अवार्ड जितेकी छन् ।
विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने वर्ष खेलाडी अवार्ड जितेर केही महिनाअघि व्यक्तिगत अवार्डमा मेस्सी–रोनाल्डो युग समाप्त गरेका मोड्रिकले बोलन डी’आर पनि जितेर त्यसलाई निरन्तरता दिएका छन् ।
रियल मड्रिड तथा क्रोएसियाका मिडफिल्डर मोड्रिकले सन् २०१८ को बालोन डी’ओर अवार्ड जितेका हुन् । उनी दशक भन्दा लामो समयमा यो अवार्ड जित्ने क्रिष्टियानो रोनाल्डो वा लियोनल मेस्सी बाहेकका पहिलो खेलाडी हुन् । रोनाल्डो र मेस्सीले पाँच–पाँच पटक यो अवार्ड जितेका छन् ।
३३ वर्षका मोड्रिकले गएको मे मा लगातार तेस्रो पटक च्याम्पियन्स लिग अवार्ड जितेका थिए भने गएको जुलाईमा सम्पन्न विश्वकप फुटबलमा उनको देश क्रोएसियालाई पहिलो पटक विश्वकपको फाइनलमा लगेका थिए ।
सन् २००७ मा ब्राजिल तथा एसी मिलानका पूर्व खेलाडी काकाले बालोन डी’ओर अवार्ड जितेयता रोनाल्डो र मेस्सीले नै अवार्ड जित्दै आएका थिए । मोड्रिक काकापछिका पहिलो त्यो खेलाडी बनेका छन्, जो रोनाल्डो वा मेस्सी बाहेक यो अवार्ड जित्न सफल भयो ।
फ्रेन्च फुटबल म्यागजिनले सन् १९५६ देखि प्रदान गर्दै आएको अवार्ड सन् २०१० देखि २०१५ सम्म पिफासँगको सहकार्यमा फिफा बालोन डी’ओर बनेको थियो । त्यसपछि फेरि सहकार्य तोडियो, फिफा र बालोन डी’ओरले छुट्टाछुट्टै अवार्ड दिन थाले ।