त्रिवि आंगिक क्याम्पसमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख बनाउन माग

2 महिना अगाडी

काठमाडौं । पद्यकन्या बहुमुखी क्याम्पस बागबजार, काठमाडौंका महिला प्राध्यापक, महिला कर्मचारी तथा विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयका देशभरिका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत क्याम्पसमा महिला क्याम्पस प्रमुखहरु बनाउन माग गरेका छन् । 
बिहीबार रिपोर्टर्स क्लब नेपालमा महिला प्राध्यापक, महिला कर्मचारी तथा बिद्यार्थीरुले पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो माग राखेका हुन् । त्यस्तै, उनीहरुले पद्यम कन्या बहुमुखी क्याम्पसमा रिक्त रहेको क्याम्पस प्रमुखमा महिला प्राध्यापकलाई नियुक्त गर्न पनि माग गरेका छन् । 
पद्यकन्या बहुमुखी क्याम्पसकी गृह विज्ञान केन्द्रीय बिभागकी प्रमुख प्रा. डा. मनसा थापा ठकुराठीले महिला क्याम्पसमा महिलालाई नै प्रमुखमा नियुक्ति गर्न सरकारसंग माग गरिन् । 
नेपालको संबिधान–२०७२ ले दिएको अधिकारलाई कार्यान्वयन गर्दे महिलालाई दिईएको ३३ प्रतिशतको नियम किन त्रिभुवन विश्वविद्यालयलमा कार्यान्वयन हुन सकेन ? भन्दै उनले प्रश्न तेर्साईन । 
स्थापनाकालदेखि नै गर्विलो ईतिहाँस बोकेको क्यापसमा अहिले आएर योग्य महिलालाई बिभेद गरेर पुरुषलाईमात्र योग्य बनाउन खोजिएको उनको आरोप छ ।
उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएपनि त्रि.वि अन्तर्गतका ६१ वटा आंङ्खिक क्याम्पसहरुमा (४ वटा नर्सिङ क्याम्पस र सहशिक्षा भएको रत्नराज्य क्याम्पसबाहेक) कुनै क्याम्पसमा पनि महिला क्याम्पस प्रमुखहरु नभएको उनले जानकारी गराईन् ।
उनले आफ्नो ४२ वर्षे लामो प्राध्यापनलाई सम्झँदै अहिलेको युगमा आएरपनि महिलालाई समान अवसरवाट बञ्चित पार्न खोजिएको गुनासो पोखिन् । उनले अघि थपिन्,‘महिलाहरुको योग्यताको कदर कहिले हुन्छ ? हाम्रो माग सम्बन्धित निकायमा जानकारी गराउँदापनि कुनै सुनुवाई भएको छैन् । हामी यसबाट निकै दुःखी छौं ।’
आफ्ना मागहरुबारे सरोकार पक्ष सकारात्मक नभए तत्काल आमरण अनसनमा जान बाध्य हुने पनि उनले चेतावनी दिईन् । प्रा. डा. ठकुराठीले महिला प्राध्यापकहरुलाई समान सहभागितामा जोड दिन सरोकारवाला निकायको ध्यानाकर्षण गराईन् ।
 

Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter