दुधको मूल्यमा प्रतिलिटर दश रुपैयाँ बढाउन किसानहरुको माग

2 महिना अगाडी

काठमाडौं । दुध उत्पादक किसानहरुले तत्काल दुधको मुल्य बढाउन सरकारसंग माग गरेका छन । शनिवार रिपोर्टर्स क्लब नेपालमा राष्ट्रिय व्यवसायी पशुपालन तथा दुध उत्पादक कृषक समाज, नेपालले पत्रकार सम्मेलन गर्दे यस्तो माग गरेको हो । 
विगत तीन वर्षदेखि सरकारले दुधको मूल्य यथावत राख्दा किसानहरु मारमा परेको भन्दै समाजले तत्काल मूल्य बढाउन माग राखेको हो । 
आफुहरको उत्पादन लागतमा बिगत तीनबर्ष यता ३० प्रतिशतभन्दा बढि मुल्य बृद्धि भएको जनाउदै दुधको मुल्यमा प्रतिलिटर १० रुपियाँ बढाउनुपर्ने उनीहरुको माग छ ।

उक्त मूल्य निर्धारण नगरिए यो क्षेत्रका दश लाख किसानको प्रत्यक्ष रोजगारि गुम्ने र खर्बाै रुपैयाँका गाई, भैंसी नासिने भई राज्यको खरबको व्यापार घाटा बढ्ने समाजको ठहर छ । नेपालको अस्तित्व संकटमा पर्ने खतरा रहने उनीहरुको दाबी छ ।

अहिलेकै मूल्यमा आफुहरुको लागत पनि नउठ्ने बताउदै उनीहरुले राज्यका कर्मचारी तथा बजारका सम्पूर्ण बस्तुहरुको मूल्य पटक–पटक बढ्दा पनि आफुहरुले लागत मूल्य पनि उठाउन नसकेको जनाउदै उनीहरुले सरकारको ध्यानाकषर्ण गराएका हुन ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष आनन्द निउरेले किसानको उत्पादन बिना मानव जीवन सम्भव नरहेको बताउदै नेपालका कृषकहरु राज्यबाट संसारमै सबैभन्दा बढी पीडित रहेको उनको आरोप छ ।
भारतमा माहात्मा गान्धीले जनतालाई आफुले भात खाने थाल हालमा समातेर विहान उज्यालो भएदेखि बेलुका, साँझसम्म चम्चाले ठटाई विरोध जनाउन गरेको अनुरोध गरेको र त्यही विरोधले भारतबाट ब्रिटिसहरु लज्जित भएर भारत छोडेको इतिहाँस आफूहरुको सामु रहेको पनि उनले सुनाए । नेपालका ६५ प्रतिशत किसानले त्यस्तै अनुसासित आन्दोलन शुरु गरे भने सरकार सात दिन मात्र टेक्ने उनको चेतावनी रहेको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै समिति सचिवालय सदस्य तथा प्रदेश नम्बर ४ का प्रदेश संयोजक दिपक तिमिल्सेनाले राज्यले किसानको परिश्रमको मूल्यमा खेलवाड गरिरहेको आरोप लगाए ।
बजारमा सबै क्षेत्रको मूल्य आकासिएको अवस्थामा किसानका उत्पादनमा भने कुनै बृद्वि विकास नभएको उनको गुनासो छ । राज्यको नीति तथा कार्यक्रम कृषक लक्षित नरहेको बताउदै उनले आर्थिक परिवर्तनका कुनै काम नभएको प्रष्ट पारे ।कृषकको उत्पादनमा रहेको लागत पाउनुपर्ने उनको माग रहेको छ ।
‘अहिले राष्ट्रिय अर्थतन्त्रमा पशुपालन तथा दुध उत्पादनको भूमिका ११ प्रतिशत रहेको छ । त्यसलाई बढाउदै २५ प्रतिशत सम्म पु¥याउने हैसियतमा हामिहरु पुगिसकेका छौ ।’उनले भने ‘अवका पाँच बर्षलाई कृर्षिबर्र्षको रुपमा धोषणा गरिनुपर्र्छ ।’


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter