दुलालको सातौं कृति लोकार्पण

1 महिना अगाडी

काठमाडौं । पत्रकार गोविन्द दुलालद्वारा लिखित जनस्वास्थ्य, गीत संगीत एवं सामाजिक क्षेत्रका मुर्धन्य व्यक्तित्व तथा वरिष्ठ छाती रोग विशेषज्ञ डा। दीर्घसिंह बमको योगदानमूलक जीवनीमा आधारित कृति ‘स्वास्थ्यका नक्षत्र’ सम्माननीय वरिष्ठ साहित्यका एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले बुधबार मल्ल होटल, लैनचौरमा एक समारोहकाबीच लोकार्पण गर्नुभयो ।
चन्दले सफल व्यक्तित्वहरुको जीवनी बाहिर ल्याउँदा नयाँ पुस्ताका लागि प्रेरणा मिल्ने र सामाजिक काममा लाग्न प्रोत्साहन हुने बताउनुभयो भने कार्यक्रमका विशेष अतिथि सम्मानीय पूर्व प्रधानन्यायाधीश हरिप्रसाद शर्माले क्षयरोग नियन्त्रणमा डा। बमको योगदान अतुलनीय रहेको स्मरण गराउनु भयो ।
यस्तै कार्यक्रमका अर्का विशेष अतिथि उद्योग तथा बाणिज्य मन्त्री लेखराज भट्टले जनयुद्धकालमा पनि घाइतेहरुको उपचारमा विशेष योगदान पु¥याउनु भएको स्मरण गर्दै एक साहसिक एवं मिलनसार चिकित्सकको रुपमा डा। बमलाई सम्झनु भएको थियो ।
लोकार्पित कृति ‘स्वास्थ्यका नक्षत्र’को समिक्षा गर्दै पूर्व प्रहरी महानिरीक्षक मोतिलाल बोहोराले पुस्तकमा रहेका खण्डहरु विभिन्न व्यक्तित्वहरुको लेख, डा। बमको जीवनी खण्ड, डा। बमको विभिन्न पत्रपत्रिकामा प्रकाशित अन्तरवार्ता र तस्वीर खण्डको व्याख्या गर्नु भएको थियो ।
जनविचार पब्लिकेशन एण्ड रिसर्च तथा घोस्ट राइटिङ नेपालको संयुक्त आयोजना गरेको उक्त कार्यक्रमको अध्यक्षता वरिष्ठ पत्रकार टंक पन्तले गर्नुभएको थियो भने घोस्ट राइटिङका अध्यक्ष कमल ढकाल, तथा डा। बमले लेखक गोविन्द प्रसाद दुलालको अनुसन्धानात्मक एवं रचनात्मक कृतिका लागि धन्यवाद दिँदै उपस्थित मान्यजनप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी सो अवसरमा गीतकार दीर्घसिंह बमद्धारा रचित एवं संगीतकार मनराजा नकर्मिद्धारा संगीतबद्ध ‘दुनियाँ’ नामक गीत एल्बम पनि लोकार्पण गरिएको थियो । सम्मानीय उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा हुने भनिएको उक्त कार्यक्रममा उपराष्ट्रपतिले लिखित शुभकामना सन्देश पठाउनु भएको थियो ।


दुलालको सातौं कृति लोकार्पण

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter