दूरदराजमा जनता वैंक

2 महिना अगाडी

घोराही । पछिल्लो समय स्थानीय तहमा बैंकिङ सेवा पुगेपछि वर्षौँँदेखि सहज बैंकिङ सेवाबाट विमुख पश्चिम दाङका स्थानीयवासीलाई कारोवारको काममा सहज भएको छ ।
दाङको पश्चिममा पर्ने दङ्गीशरण गाउँपालिकामा एनसिसी बैंक, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड, बबई गाउँपालिकामा नेपाल बङ्गलादेश बैँक, भार्गव विकास बैंक, वेष्टर्न डेभलपमेन्ट बैंक र शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंकका शाखा स्थापना भएका छन् ।
स्थानीय तहमै बैंक स्थापना भएपछि सरकारी तथा निजी कार्यालयलाई मात्र नभएर व्यक्तिगत कामका लागि पनि सहयोग पुगेको दङ्गीशरण–४ मा रहेको सती बचत तथा ऋण सहकारी सस्ंथाका अध्यक्ष वसन्ती वलीले बताउनुभयो । “गाउँ ठाउँमै बैंक स्थापना भएपछि हामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ”, उहाँले भन्नुभयो, “अहिले बैंकसँगको कारोवार आफ्नै गाउँमा हुने गरेको छ ।”
यस्तै गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन गर्नुपर्ने योजनाका लागि खाता खोल्ने काम लामो दूरीको यात्रा तय गरी तुलसीपुर वा घोराही बजार पुग्नुपर्ने बाध्यता टरेको दङ्गीशरण गाउँपालिका अध्यक्ष भागिराम चौधरी बताउनुहुन्छ । अहिले कार्यालय नजीकै बैंक स्थापना भएपछि कामकाजमा धेरै सहज भएको अध्यक्ष चौधरीको अनुभव छ ।
बैंक स्थापना भएपछि गाउँमा पुगेको गाउँपालिका र वडा कार्यालयका कर्मचारीलाई समेत सहज भएको छ । बैंककै कारण सरकारी खाता सञ्चालन गर्न सजिलो भएको दङ्गीशरण गाउँपालिका महिला तथा बालबालिका शाखाकी कर्मचारी चन्द्रा वलीले बताउनुभयो । “स्थानीय तहमै बैंक छ, नजीकै भएकाले आवश्यकताअनुसार काम पूरा भएको छ,” उहाँको भनाइ छ ।
गाउँपालिकाको कार्यालय नजीक बैंक स्थापना भएपछि विद्यालयको खातासमेत एनसिसी बैंकमा खोलेको वीरेन्द्र माविका प्रधानाध्यापक खिमराज खनालले बताउनुभयो । बैंकमा अहिले खाता खोल्ने, बचत, ऋण निकाल्ने र विदेशबाट पैसा आउने सेवा दिइरहेको बैंकले बताएको छ ।

पश्चिम दाङमा सबैभन्दा विकट क्षेत्रका रूपमा मानिने शान्तिनगर गाउँपालिकामा इन्भेष्टमेन्ट बैंक खुलिसकेको छ । यसले शान्तिनगरका जनतालाई तुलसीपुर धाउनुपर्ने बाध्यता हटेको गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले बताउनुभयो ।
यस्तै बबई गाउँपालिकामा पनि बैंक स्थापना भएकाले बैंकसँग हुने सम्पूर्ण कारोवार गर्न सहज भएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले बताउनुभयो । सरकारले २०७४ सालको साउन महीनामै सबै स्थानीय तहमा बैंक पु¥याउने घोषणा गरेको थियो । – रासस


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter