देशका लागि स्वर्ण दिलाईन पाल्पाली सरुले

1 महिना अगाडी

कमल रायमाझी
पाल्पा (बल्ढेङगढी) । पश्चिम पाल्पाको रैनादेवी छहरा वडा नम्बर ७ बल्ढेङगढी चिदिपानीकी सरु कार्कीको टिमले १३ औ सागमा नेपाललाई स्वर्ण पदक दिलाएको छ ।  काठमान्डौको सातदोवाटो स्थित कर्वडहलमा भएको कराते तर्फको  टिम कातामा पाकिस्थानलाई पछि पार्दै नेपालको तर्फ बाट सरु कार्कीको टिमले स्वर्ण पदक जितेको हो ।
सागको कराते तर्फको कातामा पाकिस्थानलाई २३.३ अंकमा सिमित राख्दै नेपाललाई २४.८८ अंकका साथ स्वर्ण पदक दिलाउन उनको टिम सफल भएको हो । टिम कातामा नेपालको तर्फ बाट सरु कार्की,  संगिता मगर र निर्मला तामाङ खेलेका थिए ।
सरुको जित संगै उनको गाउँमा खुसीयाली
१३ औ सागमा नेपाललाई स्वर्ण पदक दिलाएकी सरु कार्कीको जित संगै उनको जन्म स्थान पाल्पाको बल्ढेङगढीमा खुसीयाली छाएको छ ।  विगत र अशिक्षाका कारण पछाडी परेको यो गाउँमा उनले देशका लागि स्वर्ण पदक दिलाएको खवर रेडियोमा समाचार आए संगै गाउँभरिका मानिसहरु एकै ठाउमा जम्मा भएर खुसियाली साटासाट गरेको छन् ।
राज्यले हाम्रो गाउँलाई विकासमा पछाडी पारेपनि हाम्री चेलीले स्वर्ण पदक राज्यका लागि दिलाएकी छिन भन्दै यस गाउँका वडा अध्यक्ष देबेन्द्र पुनले उनको सफलताले आफुहरुलाई हर्षविभोर पारेको बताए ।
उनले भने, “ सरुको जित संगै हामीलाई खुसीको सिमा नै छैन ।” बल्ढेङगढीको सिंगो गाउँ सरुको सफलताले दिलाएको स्वर्णले जिवनमा पहिलो चोटि खुसिपारेको भन्दै उनलाई भेटन आतुर रहेका वडा अध्यक्ष पुन बताउछन् ।
को हुन त सरु
पश्चिम पाल्पाको रैनादेवी छहरा वडा नम्बर ७ बल्ढेङगढी चिदिपानीमा जन्मेकी सरु कार्की नुर बहादुर कार्कीकी नातिनी, ओम बहादुर कार्की र टुमकली कार्कीका ६ जना छोरा छोरि मध्यकी माईली छोरि हुन । उनि माथि एक जना दाई र  दिदि हुनुहुन्छ भने अरु सवै भाई बहिनी छन् ।
परिवारको प्रतिष्ठा र जिन्दगी जिउनका लागि आज भन्दा सात बर्ष पहिला नेपाल प्रहरीमा भर्ना भएकी सरुलाई कराते ले देशमा मात्र अन्तराष्ट्रिय क्षेत्रमा पनि चिनाउदा उनको जन्म गाउँमा खुसियाली छाएको छ ।
नेपाल प्रहरीले दिएको अवसरलाई उनले दुःख र सर्घषले बिताएको बाल्यकालले आज स्वर्ण पदक दिलाउने सम्म बनाउदा सवैमा खुसी ल्याएको हो ।
उनले पढेको स्कुलमा पनि खुसी
सरुको जित संगै उनले कक्षा १ देखी ८ सम्म अध्ययन गरेका गहते माध्यामीक बिद्यालय र कक्षा ९ र १० सम्म अध्ययन गरेको सत्यवती माध्यामिक बिद्यालयमा पनि खुसीयाली छाएको छ । उनका गुरुहरु र स्कुलमा पढिरहेका बिद्यार्थीहरुमा उनले कमाएको ख्यातीले शिर उच्च बनाएको स्कुलमा प्राचार्यहरुले बताएका छन् । हामीले हुर्काए र सिकाएकी शिष्यले देशका लागि खेलक्षेत्र बाट स्वर्ण दिलाउनु एक गुरुका लागि यो भन्दा अरु सफलता केहि हुन नसक्ने भन्दै प्राचार्यहरुले गर्व गरेका छन् ।
गहते र सत्यवती माध्यामिक बिद्यालयमा उनले दिलाएको सफलता स्कुलले आफै जिते जस्तै भएको बिद्यार्थीहरुले समेत बताएका छन् ।
जन्म गाउमा
सरल र हक्की स्वाभावकी सरु कार्की काममा इमान्दार र मिहिनेत गर्ने लगनशिल भएको उनका छिमेकीहरु बताउछन् । अरुलाई सहयोग गर्ने र दुःख संग नआत्निे बानी उनको बाल्यकालमा रहेको थियो । दैनिक २ घण्टाको पैदल मार्ग हिडेर स्कुल जिवन विताएकी सरुले जिन्दगीमा सुख त पाउछे भन्ने लागेको थियो तर देशका लागि यति ठुलो सफलता दिनु गाउँबासीका लागि खुसीयाली भएको उनिहरु बताउछन् ।


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter