देशको विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले विशेष महत्व दिनुपर्छः महानिर्देशक शर्मा

3 महिना अगाडी

काठमाडौ । इन्जिनियर जनकराज पन्तसहितका लेखकहरुद्वारा लिखित सामाग्री समावेश गरी OBJECTIVE BOOK FOR CIVIL ENGINEERS  ८ सय पृष्ठको बुक तयार पारी आज सञ्चार केन्द्र नेपालको हलमा एक भव्य समारोहका बीच सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठ, पूर्वसचिव भीम उपाध्याय, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लेखा विभाग प्रमुख पार्वती शर्माले संयुक्त रुपमा विमोचन गर्नुभएको छ । 
विमोचतपश्चात् प्रमुख अतिथि रहनुभएका सडक विभागका महानिर्देशक केशवकुमार शर्माले देशको विकासका लागि प्राविधिक प्रशासकलाई राज्यले राज्यले विशेष महत्व दिनुपर्ने जोड दिनुभयो । आज राजधानीस्थित सञ्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा महानिर्देशक शर्माले अबको युग विकास युग भएकाले प्राविधिक प्रशासकहरुले देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले प्राविधिकहरुलाई संघर्ष गर्न होइन आफ्नो क्षमता उत्प्रेरित गराउने वातावरण बनाउन राज्य नलागेसम्म विकासले गति लिन नसक्ने बताउनुभयो । देशका विकासका लागि नेपालका प्राविधिकहरु दक्षताको हिसाबले अन्तर्राष्ट्रिय मापदण्ड मिड गरेपनि सोही अनुसार हामीले प्रयोग लिन नसक्नु राज्यको कमजोरी रहेको हो, उहाँले उक्त धारणा देशको विकासका लागि प्राविधिकहरुको भूमिका विषयक कार्यक्रममा राख्नुभएको हो । 
त्यसैगरी कार्यक्रममा कृषि सडक विभागका महानिर्देशक रामचन्द्र श्रेष्ठले पूर्वाधार विकासको निम्ति प्राविधिकहरुको भूमिका महत्वपूर्ण रहेकोले समृद्ध नेपाल निर्माणमा प्राविधिकहरुले विशेष रुपले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । 
कार्यक्रममा अर्का वक्ता उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव पार्वती शर्मा काफ्लेले प्रशासन र प्राविधिक तर्फका कुशल प्रशासक उत्पादन गराउन विमोचित पुस्तक अत्यन्त उपयोगी रहेको र यस पुस्तकले प्राविधिक विकासमा समेत विशेष भूमिका खेल्नेमा आफूँ विश्वस्त रहेको कुरा कार्यक्रममा बताउनुभयो । 
त्यसैगरी कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष गोविन्द प्रसाद चौलागाईंले नेपालमा कुशल प्रशासक उत्पादन गर्ने उदेश्यले तयार गरिएको नालान्दा फाउन्डेशनको यस पुस्तकले लेखक र पुस्तक प्रकाशन कार्यलाई उर्जा दिन पनि सञ्चार केन्द्र नेपालले कार्यक्रम आयोजना गरी विकासका विषयमा छलफल चलाएको बताउनुभयो ।
कार्यक्रममा राजधानी दैनिकका सम्पादक सागर पण्डितले युरोपको विकास सम्झने मात्र होइन नेपालका प्राविधिकहरुलाई नीतिगत रुपमै विशेष महत्व दिएर अगाडि नबढेसम्म सोँचेजस्तो विकास हुन नसक्ने कुरा बताउनुभयो । 
नालन्दा फाउन्डेशनले प्राविधिक क्षेत्रमा दक्ष र कुशल जनशक्ति उत्पादन गराउन मद्दत पुगोस् भन्ने उदेश्यले सो पुस्तक प्रकाशन गरी बजारमा ल्याएको फाउन्डेशनका निर्देशक रामकृष्ण आचार्यले बताउनुभयो । कार्यक्रमको सञ्चालन सविता धिमालले गर्नुभएको थियो ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter