देश र परिवेश कविता–सङ्ग्रह विमोचन

2018-09-01

काठमाडौं, भदौ १६ गते । ‘देश र परिवेश’ डा. सुरेन्द्र सिटौलाको कविता–सङ्ग्रह हो । देश, समाज, इतिहास, राजनीति, शिक्षा, दर्शन जस्ता विभिन्न विषय र समकालीन नेपालको अवस्थालाई समेट्ने ५२ वटा कविताहरू यस सङ्ग्रहमा रहेका छन् । सङ्ग्रहमा समावेश भएका कविताहरूले नेपालको इतिहासदेखि वर्तमानसम्मका विभिन्न सवालहरूलाई समेटेका छन् । सबै कविताहरूको केन्द्रविन्दुमा देश र समाजको चित्र प्रस्तुत गरिएको छ । लामो समयसम्म विज्ञानको प्राध्यापन र शिक्षाको क्षेत्रमा लामो समयदेखि संलग्न डा. सिटौलाका फुटकर कविताहरू धेरै प्रकाशन भए पनि सङ्ग्रहका रूपमा यो पहिलो प्रकाशन हो । 
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा प्रतिष्ठनका कुलपति गंगाप्रसाद उप्रेतीले सङ्ग्रहमा समावेश भएका कविताहरूले कवि डा. सिटौलाले आफ्नो पेशागत कार्यकालमा अनुभव गर्नुभएका देशका सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक एवं शैक्षिक विकृतिहरूको चित्रण गरेको बताउनुभएको छ । कवि डा. सिटौलाले सङ्ग्रहमा समाजमा देखिएका देश–कालमा भोगेका कुरालाई कवितामा उतारेको बताउनुभयो । सङ्ग्रहका बारेमा साहित्यकार अशेष मल्ल, प्रा.डा. बद्रीविशाल भट्टराई र सञ्चारकर्मी रमेश खड्काले संक्षिप्त समीक्षा गर्नु भएको थियो । 
कविता–सङ्ग्रहबारे राष्ट्रकवि माधव प्रसाद घिमिरेले लेख्नुभएको छ — यस सङ्ग्रहका कविताहरूमा सिटौलाले सुस्पष्ट र हृदयस्पर्शी शैलीमा देशलाई सचेत गराइरहेका छन् । कार्यक्रमको आयोजना बागमती बोर्डिङ्ग स्कुल, सुकेधारा, काठमाडौँले गरेको हो । 
आजको लोकार्पण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्ति तथा व्यक्तित्वहरू सहभागी हुनुहुन्थ्यो । यस कविता–सङ्ग्रहमा धेरै कविताहरू राष्ट्र र राष्ट्रियता, स्वतन्त्रता, खुशी, सपना, इतिहास, पहिचान, आप्रवासन, शिक्षा, चुनाव, लैंगिकता, यात्रा, युद्धलगायतका विषयहरूमा लेखिएका कविताहरू संलग्न छन् । देश, हारेको शहीद र म, भाग्य, पुरुषार्थ र जाँगर, पृथ्वीनारायण कतै फर्किसके, अब मैले यहाँ बस्नु हुँदैन, नेताको धर्म, शहीद राएको विहान, म एउटी आमा खोज्दैछु, सुख र शान्तिको मृगतृष्णा, बुद्ध जयन्ती र म, म नयाँ नेपाली भएको छु, चुनाव, म अमेरिकी हुँ, मैले नजानी पढाएँ, कर्मको यौवन, मलाई हार्न मन लाग्छ यस सङ्ग्रहका केही प्रतिनिधि कविताहरू हुन् । 
कवि परिचय — डा. सुरेन्द्र सिटौला पेशाले प्राध्यापन गर्नुहुन्छ । अमृत साईन्स क्याम्पसमा ३७ वर्ष लामो प्राध्यापन र झण्डै तीन दशक बागमती बोर्डिङ्ग स्कुलका सञ्चालकको रूपमा काम गरेका सिटौलाको साहित्यिक संलग्नता भने पुरानो हो । ताप्लेजुङको निघुरादिन गाउँबाट प्राथमिक शिक्षा हासिल गर्दै धरान, विराटनगर र काठमाडौँबाट उहाँको कलेको अध्ययन भयो । अध्ययनको कामलाई निरन्तरता दिँदै उहाँले जैविक विविधतामा विद्यावारिधि गर्नुभएको छ । यसरी हेर्दा डा. सिटौलाको जीवनमा विज्ञान, शिक्षा र साहित्यको मिश्रण पाइन्छ । विद्यालय तथा विश्वविद्यालयका कविता प्रतियोगितामा सिटौलाका धेरै कविताहरू पुरस्कृत भएका थिए । लामो समयदेखि शिक्षण पेशामा संलग्न भएपनि काव्य सिर्जनाको उहाँको बाटो बन्द भएको छैन । देश, काल र परिस्थितिको नाममा लेखिएका यी कविताहरूले समकालीन नेपालको चित्र प्रस्तुत गरेका छन् ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter