रोशन ज्ञवाली
काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज उपमहानगरपालिका भित्र । सन्दर्भ हो हामीले खाने ‘खानकोे’ नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले नक्कली बिल बनाएर भ्रष्टाचार गरेको तथ्य अहिले जहाँतही अनलाइन मिडियाहरुले कभरेज गरिरहेका छन् । त्यसैक्रममा यस काष्ठमण्डप डेलीले उमा थापामगरको मोबाइल नं. ९८५८०२२०७६ मा फोन गर्दा उनको मोबाइल ‘अफ’ छ भनियो ।
हाम्रो यस अनलाइनले उनका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइलाई उनको मोबाइल नं. ९८५८०२४७०९ मा सम्पर्क गर्दा उनको मोबाइलमा सम्पर्क हुन सकेन । त्यसपछि हरि प्याकुरेल जो त्यहँका निमित्त हुन् उनलई ५ पटक फोन गर्दा उनका स्वकीय सचिव ओबिराज आचार्यले उहाँ क्वटरमा गइसक्नु भये भन्ने जवाफ दिए । क्वाटरको फोन माग्दा उनले मलाई थाहा नभएको भनि प्रतिक्रिया दिए ।
सुन्दा सबैलाई अचम्म र हाँसो पनि लाग्न सक्छ । उपमेयर थापाले एकै दिन ५ पटकसम्म खाना र खाजा खाएको बील उपमहानगरपालिकामा पेश गरेकी छन् ।
नेपाली काँग्रेसबाट उपमेयर बनेकी थापासंगै प्रेस सल्लाहकार शुक्रऋषी चौलागाइ, पत्रकार महासंघका उपाध्यक्ष प्रदिप वाग्ले, पत्रकार आलम खान, उपमहानगरकै कर्मचारी कृष्णप्रसाद जोशी, पत्रकार रुपा गहतराजले एकै दिन ५ पटकसम्म खाना खाएको उपमहानगरपालिकामा पेश गरेको बीलमा उल्लेख छ ।
नेपाली काँग्रेसबाट उपमेयर बनेकी उपमेयर थापा सहित ६ जनाको टोलीले मिति २०७५ असार १८ गते एकै दिन ५ पटक खाना र ५ पटक खाजा खाएका छन् । सोको बील एक जनाको ५ सयका दरले १२ हजार ५ सयको खाना र खाजा खाएको उपमहानगरपालिकामा पेश गरेका छन् ।
पेश गरेको बील जानकी रेष्टुरेण्ट नेपालगन्ज भनेर रहेको छ । एकै दिन एक जनाले ५ पटक खाना र ५ खाजा खाएको लेखिएको उक्त बील जानकी रेष्टुरेण्टले नेपाल पत्रकार महासंघको नाममा काटेको छ ।
उपमहानगरपालिकामा पेश गरेको जानकी रेष्टुरेण्टको बील अनुसार, मिति २०७५ असार १८ गते बील न. ८९९४ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९५ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न। ८९९६ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय, मिति २०७५ असार १८ गते बील न. ८९९७ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय र मिति २०७५ असार १८ गते बील न। ८९९८ मा ५ जनाले खाना र खाजा सेट खाएको २ हजार ५ सय गरी १२ हजार ५ सयको बील रहेको छ ।
उक्त बीलको हिसाब फरफारक गर्नका लागि नेपाल पत्रकार महासंघ बाँके शाखाले महासंघकै लेटरप्याडमा छाप लगाएर २०७५ असार २४ गते नेपालगन्ज उपमहानगरपालिकामा पेश गरेको छ । यस बारे नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले आफुले कागजातहरुमा हस्ताक्षर गरेको र आफुलाई अरु केही थाहा नभएको बताइन् । ५ पटक खाना खाएको भनिएकी रुपा गहतराजले ५ पटक खाना नखाएको बताईन् । ‘खाना त खाइयो होला, ५ पटक खाइएन । साथीभाइले बील मिलाउनलाई मिलाए होलान् ।’