नक्सा बनायौं, अब जमिन फिर्ता ल्याउछौ: मन्त्री अर्याल

17 दिन अगाडी

काठमाडौं । लिम्पियाधुरासम्म नेपालको भूभाग समेटिएको नयाँ नक्सा नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले स्वीकृत गरेको छ । मन्त्रीपरिषद्बा ट नक्सा स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नक्सा सार्वजनिक गर्ने तयारीमा रहेको छ । 
यसै सन्दर्भमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले सीमा विज्ञ, नागरिक समाज तथा सीमाको नापनक्सांकन गर्ने प्राविधिक कार्यालय नापी विभागका पूर्व महानिर्देशकहरुसँग आज ९मंगलबार० मन्त्रालयमा छलफल गर्नुभएको छ । 
नेपालले आफ्नो तर्फबाट नक्सा सार्वजनिक गरिसकेपछि छिमेकी मुलुक भारतसँग वार्तामा बस्दा कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा छलफल गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सरकारले नक्सा बनाइसकेपछि अब कसरी अगाडी बढ्ने भन्ने सन्दर्भमा सुझाव लिन कार्यक्रमको आयोजना गरिएको भन्दै यसअघि विज्ञहरुका तर्फबाट भएको सुझावरसहयोगका निम्ती धन्यवाद समेत ज्ञापन गर्नुभयो । ‘हामीले नक्सा बनायौं । अब जमिन फिर्ता ल्याउन बाँकी छ । वार्तामा बस्नो वाताबरण बनेपछि उच्च तहबाट वार्ता गरेर जाने भन्ने मनसायले नै हामी अगाडी बढेका हौं । हाम्रो भूमी फिर्ता ल्याउछौ ।’, मन्त्री अर्यालले भन्नुभयो ।  
भूमि नै फिर्ता ल्याउनका निम्ती कसरी अगाडी बढ्ने  भन्नेन विषयमा छलफल आयोजना गरिएको भन्दै मन्त्री अर्यालले सरोकारवाला विज्ञ र राज्यपक्ष दुवै हामी एउटै हो भनेर एकमना आवाजका साथ अगाडी बढ्न आग्रह गर्नुभयो । ‘सरकारले स्वीकृत गरेको नक्सालाई एकमुष्ठ रुपमा एक आवाज लिएर अगाडी बढौं’, मन्त्री अर्यालले भन्नुभयो, ‘यहाँहरुले सरकारलाई धेरै सहयोग गर्नुभएको छ । हामीलाई अझ धेरै सहयोगको आवश्यकता छ । हामी थप सहयोगका निम्ती आग्रह गर्दछौ ।’
कार्यक्रममा बोल्दै सरोकारवाला विज्ञहरुले भारतलाई अन्तराष्ट्रिय मञ्चगमा सिधै ल्याउने बातावरण बनाउन सक्नुपर्ने र त्यो राज्यको माथिल्लो तहबाटै हुनुपर्ने बताएका छन् । उनीहरुले अबका दिनमा कसरी अगाडी बढ्ने भन्नेो सन्दर्भमा सबै एकजुट भएर अहिले नेपाल सरकारले निकालेको नक्सा नै आधिकारिक हो भनेर एक आवाजका साथ जानुपर्ने बताए । नेपालका तर्फबाट सबै सहयोगी दस्तावेजहरु संकलन गर्नुपर्ने र गलत दस्तावेजलाई स्किप गर्नुपर्ने उनीहरुको भनाइ थियो । हाम्रो सीमाना यो हो भनेर एथेष्ठ प्रमाणहरु संकलन गरेर भारतसँग वार्ता गर्नुपर्ने भन्दै उनीहरुले लिम्पियाधुराको सिमानामा भर्खरै सरकारले शसस्त्र प्रहरी पोष्ट स्थापना गरेपनि त्यति मात्रले नपुग्नेप र सीमानामा नेपाली सेनाको नै उपस्थिती गराइनुपर्ने बताएका थिए । प्राविधिक रुपमा बलियो भएर नेपालको तर्फबाट वार्तामा जानुपर्ने विज्ञहरुले बताए । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter