नयाँ भवनले भुलायो बारपाकका विद्यार्थीको भूकम्पको पीडा

12 दिन अगाडी

गोरखा । ४ वर्ष देखि अस्थायी टहरामा पढ्दै आएका माइकोट मावि बारपाक सुलीकोट–ताकुकोट गोरखाका विद्यार्थीहरुले अब नयाँ भवनमा पढ्न पाउने भएका छन् ।
जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) गोरखाले विद्यालयलाई नवनिर्मित नयाँ भवन हस्तान्तरण गरेको छ । इकाईले करिब ५ करोड लागतको १७ कोठे नयाँ भवन विद्यालयलाई हस्तान्तरण गरेको हो ।
२०७२ सालको विनासकारी भूकम्पको केन्द्रबिन्दु बारपाकमा अवस्थित विद्यालयको भवन भूकम्पले ध्वस्त बनाएपछि  विद्यार्थीहरु टिनले छाएको र बाँसले बारेको अस्थायी टहरामा पढ्दै आएका थिए ।
अस्थायी छाप्रामा पढ्दै आएका विद्यार्थीहरु अब नयाँ भवनमा पढ्न पाउने भएपछि फुरुंग बनेका छन् । विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र एलिस परियारले नयाँ भवनमा पढ्न पाइने भएकोमा खुसीको कुनै सीमा नै नरहेको बताए । छाप्रामा पढ्दा भूकम्पको सम्झना आइरहने भएपनि नयाँ भवन देखेर भूकम्प नै बिर्सिएको उनको भनाइ थियो । अब घाम र पानीको डर छैन– उनले भने । 
यस्तै विद्यालयकी कक्षा ८ की निश्चला घिमिरेले छाप्रामा पढ्दा घामपानीले सताउने गरेको गुनासो गर्दै अब पक्की भवनमा त्यो समस्या नआउने बताइन् । ‘पानी पर्दा बाछिटाले पुरै रुझिन्थ्यो, हिलोमा कति साथीहरु लड्थे’– घिमिरेले भनिन्, ‘अब नयाँ भवन पाएपछि हिलोमा चिप्लिएर लड्नु पर्दैन ।’ टहरामा पढ्दा सधँै भूकम्पले झस्काइरहने भएपछि पक्की भवनले त्यो भुलाएको उनको भनाइ थियो । 
यस्तै, कक्षा ५ की छात्रा सुमिना गुवाजुले  छाप्रोमा पढ्दा एउटा कक्षाको हल्ला सबै कक्षामा पुगेर पढाइलाई अवरोध हुने गरेको स्मरण गर्दै अब छुट्टा छुट्टै कक्षामा पढ्न पाउने भएकामा खुसी लागेको बताइन् । अब आनन्दले पढ्न पाइने भयो–उनले भनिन् । 
भूकम्पको केन्द्रबिन्दु बारपाकमा रहेको र भौगोलिक दूर्गमताका कारण विद्यालयको भवन निर्माण गन ३ वर्ष लागेको हो । २०७३ मंसिरमा निर्माण शुरु भएको विद्यालय २०७६ कार्तिकमा सम्पन्न भएको हो । एक भव्य कार्यक्रमका बीच  विद्यालयलाई नयाँ भवन हस्तान्तरण गरिएको हो ।
एमबि कन्ट्रक्सनले निर्माण गरेको विद्यालय भवने जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा)का प्रमुख बिष्णुप्रसाद मिश्रले बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टलाई हस्तान्तरण गरेका थिए ।  
नवनिर्मित विद्यालय भवन समुद्घाटन कार्यक्रमका प्रमुख अतिथि एवं नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सार्वजनिक शिक्षाको सुदृढीकरणबाट नै मुलुक समृद्ध बन्ने बताए ।  सार्वजनिक विद्यालयको गुणस्तर सुधार गरी अभिभावकको पहिलो रोजाइको बनाउनुपर्नेमा जोड दिँदै श्रेष्ठले सिकाइलाई विज्ञान प्रविधि, सीप र रोजगारीसँग जोड्नुपर्ने बताए ।  सूचना प्रविधियुक्त सिकाइको विकल्प नभएको भन्दै उनले विद्यालयमा सूचना प्रविधिको विकासका लागि सहयोग गर्ने आश्वासन दिए । 
बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले इकाईले बनाइदिएको नयाँ भवनमा विद्यार्थी भर्ने र उनीहरुलाई गुणस्तरीय शिक्षा दिने जिम्मा गाउँपालिकाले लिने बताए । भौतिक पूर्वाधारको समस्या समाधान पछि अब विद्यालयलाई नमूना बनाउने दिशामा आफूहरुको ध्यान केन्द्रित रहेको उनको भनाइ थियो । गाउँपालिकाबाट विद्यालयलाई सबैखाले सहयोग गर्न आफू तयार रहेको भन्दै अध्यक्ष भट्टले स्थानीय अभिभावकहरुलाई सामुदायिक विद्यालयमै छोराछोरी पढ्न पठाउन आग्रह गरे । 
यस्तै, विद्यालयलाई नयाँ भन हस्तान्तरण गर्दै आयोजना इकाई प्रमुख विष्णुप्रसाद मिश्रले भूकम्पले भवनसँगै भत्काएका विद्यार्थी, शिक्षक र अभिभावकका मनहरु भवनको पुनर्निर्माणसँगै पुनर्निर्माण हुने आशा व्यक्त गरे ।  अब नयाँ बनेको भवनमा विद्यार्थी भर्ने र गुणस्तरीय शिक्षा दिने काम स्थानीय सरकार र विद्यालय परिवारको भएको उनको भनाइ थियो । गोरखामा विद्यालय पुनर्निर्माण पछिल्लो दिनमा दु्रत गतिमा अगाडि बढीरहेको भन्दै मिश्रले सार्वजनिक शिक्षाको सवलीकरणमा सबैपक्ष एक भएर लाग्नुपर्ने औंल्याए । अब केही समयपछि कोही पनि बालबालिका अस्थायी टहरामा पढ्नु पर्दैन । उनले भने । 
बारपाक सुलिकोट–६ का वडाध्यक्ष बाबुलाल गुरुङले नवनिर्मित विद्यालय भवनको रेखदेख गर्ने र त्यसमा विद्यार्थी भराउने जिम्मा आफुहरुको भएको बताए । 
विद्यालयका प्रधानाध्यापक रमेश सुवेदीले नयाँ भवनले आफूहरुको भूकम्पको पीडा भुलाएको बताए । भौतिक सुधारसँगै अब विद्यालयको पुरा ध्यान शैक्षिक सुधारमा केन्द्रित हुने भन्दै प्रअ सुवेदीले नयाँ भवन जति सुन्दर छ अब त्यसमा शिक्षण सिकाइ पनि त्यति नै सुन्दर हुने प्रतिबद्धता जनाए । भवन निर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा व्यक्त गरे । 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तबहादुर थापा मगरले भौतिक समस्याले विद्यालय सञ्चालनमा परेको समस्या नयाँ भवन बनेसँगै समाधान भएको बताए । अब विद्यालयको सम्पूर्ण ध्यान सूचना प्रविधियुक्त गुणस्तरिय सिकाइमा केन्द्रित हुने उनको भनाइ थियो । 
विद्यालयमा हाल २९५ विद्यार्थीहरु अध्ययनरत छन् । नयाँ भवन समुद्घाटन  कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रमहरुसमेत प्रस्तुत गरेका थिए ।

 


नयाँ भवनले भुलायो बारपाकका विद्यार्थीको भूकम्पको पीडा

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter