नर्सहरुको आमरण अनशन शुरु

3 महिना अगाडी

भक्तपुर । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अङ्ग प्रत्यारोपण केन्द्र) का नर्सहरुले आजदेखि आमरण अनशन शुरु गरेका छन् । 
विभिन्न माग राख्दै आन्दोलन शुरु गरेको १६औँ दिनसम्म पनि नर्सहरुको माग सम्बोधन गर्नुभन्दा उल्टै प्रहरी बोलाएर यातना दिएको भन्दै माग पूरा गराउन दबाबस्वरुप दुई जना नर्सले आमरण शुरु गरेका छन् । केन्द्रका नर्सहरुले सञ्चालन गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आजदेखि पोखराकी नर्स जीता बरालले लाजिम्पाटस्थित नर्सिङ सङ्घको भवन र मानव अङ्ग प्रत्यारोपण केन्द्रमै कार्यरत नर्स डिकी शेर्पाले केन्द्रकै भवनमा आज साँझ ६ बजेदेखि प्रेस विज्ञप्ति जारी गर्दै आमरण अनशन शुरु गरेका हुन् । 

नेपाल नर्सिङ सङ्घकी आजीवन सदस्यसमेत रहनुभएकी नर्स जीताले अन्यायमा परेका नर्सहरुको मागलाई समर्थन गर्न आमरण अनशन शुरु गरेको बताउँदै माग पूरा नभए मे १२ मा मनाइने नर्सिङ दिवसको कुनै औचित्य नरहने बताउनुभयो । केन्द्र सञ्चालनमा आएदेखि कार्यरत नर्सहरुलाई प्राथमिकतामा राखेर स्थायी गरिनुपर्ने, अनुभव हेरेर बढुवा गर्नुपर्ने, जोखिम भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर अनशन शुरु गरेको अनशनमा रहेकी शेर्पाले बताउनुभयो । 
आन्दोलनरत नर्सहरुले केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठको ज्यादती अन्त्य हुनुपर्ने र नर्सहरुले राखेका मागहरु तत्काल पूरा गर्नुपर्ने माग गर्दै स्वास्थ्य मन्त्रालयमा समेत दबाब दिइरहेका छन् । नर्सहरुको आन्दोलन दमन गर्न प्रहरी प्रशासन लगाएर पक्राउ गर्ने र हिरासतमा राख्ने कार्य निर्देशक डा श्रेष्ठले गराइरहेको नर्सहरुको आरोप छ ।  


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter