नासु मृत्यु प्रकरणः ‘इमान्दार व्यक्ति हुनुहुन्थ्यो, कसरी यस्तो भयो आश्चर्यमा छौँ’

1 महिना अगाडी

काठमाडौं । सिंहदरबारभित्र राष्ट्रिय याजना आयोगको पहिलो तलामा रहेको अनुगमन तथा मूल्याङ्कन शाखाको सभाहलको छेउमा चिया बनाउने ठाउँ छ । हिजो बिहान कार्यालय समयमा एक कर्मचारी पानी खान जाँदा नायब सुब्बा बच्चुराम केसी लडिरहेको देख्नुभयो । उहाँले जानकारी गराएपछि मात्रै घटना सार्वजनिक भएको हो ।
“बिहान लडिरहेको जानकारी आउने बित्तिकै सिंहदरबारको प्रहरी र आफन्तलाई समेत हामीले खबर गरेका हौँ, प्रहरीले आएर हेर्दा केसी मृत भेटिनुभएको हो”, आयोगका प्रवक्ता डा किरण रुपाखेतीले भन्नुभयो ।
कीर्तिपुर नगरपालिका–६ टौदह घर भएका केसीको शव नजिकै विषादीको सानो बट्टासमेत भेटिएको थियो । उक्त बट्टा बालीमा हाल्ने कीटनाशक विषादीको रहेको प्रहरीले जनाएको छ । नजिकै केराको बोक्रासमेत फेला परेको थियो । शुरुमा कर्मचारीले मदिरा पिएर ढलेको भन्ने अनुमान गरेका थिए । सर्ट खोलेको अवस्थामा घटनाको प्रकृति अस्वभाविक देखिएपछि तल्कालै प्रहरीलाई खबर गरेको कर्मचारीले बताएका छन् । केसीले त्यही केरासँग विषादी मिसाएर खाएको अनुमान काठमाडौँ प्रहरीको छ ।
 महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले भन्नुभयो, “सुसाइट नोट फेला परेको छ, त्यसमा उल्लेख भएअनुसार केसीले आफ्नै कारणले घटना घटेकोजस्तो देखिन्छ ।” घटना अन्दाजी १०÷११ बजे राति भएको भन्दै उहाँले सिसी क्यामराको श्रव्यदृष्यको पनि अनुसन्धान भइरहेको बताउनुभयो । कार्यालय सकेर निस्किएका केसी फेरि राति कार्यालयमा फर्किएको पाइएको छ । अन्य कुरा अनुसन्धानपछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।
 आयोगको प्रशासन महाशाखाअन्तर्गत प्रशासन तथा विपद् व्यवस्थापन शाखामा कार्यरत नायब सुब्बा बच्चुराम केसी । उहाँ झण्डै आठ वर्षदेखि आयोगमा काम गर्दै आएका थिए । “केसी कार्यालयका साह्रै भरपर्दो, इमान्दार र कर्तव्यनिष्ठ हुनुहुन्थ्यो, उहाँलाई काम लगाएपछि पक्का हुन्थ्यो, कसरी घटना भयो हामी सबै आश्चर्यमा छौँ”, आयोगका प्रवक्ता डा रुपाखेतीले भन्नुभयो । सोमबार दिनभरि नै केसीले कार्यालयमा काम गरेको कर्मचारीले बताएका छन् ।
 केसीका श्रीमती, एक छोरा र एक छोरी छन् । छोरा हाल अष्ट्रेलियामा रहेको उहाँका दाइ मधु केसीले राससलाई बताउनुभयो । “सुसाइट नोटमा म आफैँ जिम्मेवार छु भनेर लेखिएको छ, हलको बोर्डमा मार्करले पनि लेखेको भनिएको छ, अनुसन्धानपछि घटनाबारेमा प्रहरीले खुलाउँला ।” दाइ मधुले प्रतिक्रिया दिनुभयो ।
 उहाँका अनुसार आवश्यक कागजात मिलाउँदा समय नपुगेकाले बुधबार मात्रै शवपरीक्षण गरिने भएको छ । प्रहरीले घटनाको मुचुल्का उठाएर अपराह्न नै शव परीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगेको छ । मुद्रण विभागको भवनमा योजना आयोगले कार्यालय सारेको केही वर्ष भयो । यहाँ मुद्रणको काम हुने भएकाले राति पनि खुला हुने गरेको थियो । प्रहरीका अनुसार राति नै उनी कार्यालयमा प्रवेश गरेका थिए । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter