निजी स्वार्थ होइन, संस्थाको हितलाई सर्वोपरि ठान्नेलाई सहयोग गर्नुसः मन्त्री अर्याल

1 महिना अगाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गर्नुभएको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२ अौं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम नगर्ने बताउनुभयो । ुजब ऋण चाहियो तपाईंको सहकारी खोज्दै आउँछ ।
अन्य समयमा त्यो सहकारीका बारेमा कहिले केही गर्दैन आउदैन । त्यस्ता व्यक्तिलाई सहयोग नगर्नुस्ु, मन्त्री अर्यालले भन्नुभयो, सधैं तपाईंको सहकारीको हितमा काम गर्ने व्यक्तिलाई तपाईंको संस्थाको लगानीको प्राथमिकता बनोस् ।ु लगानीको प्राथमिकता सहकारी संस्थाको हित चाहनेलाई हुनुपर्ने उहाँको भनाइ थियो ।  सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउदै मन्त्री अर्यालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गर्नुभयो । मन्त्री अर्याल भन्नुहुन्छ, ुअब लगानीका दिशामा अगाडि बढ्नुस । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस । विषयगत सहकारी संस्था जसले उत्पादनमा हात हालेका छन् तर उनीहरूसँग पैसा छैन  । ती संस्थालाई तपाई पैसा भएका संस्थाहरूले सहयोग गर्नुस् ।
सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सहकारी क्षेत्र, सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको मन्त्री अर्यालले बताउनुभयो । मन्त्रालयले भर्खरै सन्दर्भ ब्याजदर निर्धारण गरेको भन्दै मन्त्री अर्यालले यो पहिलोपटक गरिएको बताउनुभयो । सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको भन्दै मन्त्री अर्यालले कानुनका मातहतमा रहेर एउटै ब्याजदर निर्माण गरिएको बताउनुभयो । तर यस विषयमा केही गुनासो आएकाले यसबारेमा छलफल गर्न तयार रहेको बताउनुभयो । ुसहकारीले सबैभन्दा बढी आफ्ना सदस्यहरुको हितमा काम गर्नुपर्छ । यस विषयमा गुनासो आएको छ । यस विषयमा हामीले बुझ्नुपर्छु, मन्त्री अर्यालले भन्नुभयो, ुहामीलाई ठिक हो भन्ने लाग्यो, बेठीक हो भन्नेहरुका मत के छन् त्यो पनि बुझौ । हामी छलफलकै क्रममा छौ । छलफल गरेर जाउ, छलफलको बाटो हुदाहुदै फरक बाटोमा नजान अनुरोध गर्दछु ।ु फरक बाटोको खोजी नगर्न र छलफलको बाटो रोज्न मन्त्री अर्यालले आग्रह गर्नुभयो ।
मन्त्रालयले सहकारी संस्था मर्जरको अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रकृया पुगेर मर्जरका निम्ति आएका संस्थाको काम एकदिन भन्दा बढी नरोकिने बताउनुभयो । उहाँले भन्नुभयो, हामीले एक दिनमा काम सक्नेगरी विकागलाई भनिसकेका छौ । सबै कागज पुर्याएर ल्याउने काम तपाईहरुको हो ।ु मन्त्री अर्यालले संस्थालाई इमान्दारी र नैतिकवान बनाउने जिम्मेवारी सहकारीकर्मीहरुकै भएको बताउनुभयो ।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईं, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले समग्र सहकारी क्षेत्रलाई राम्रो बनाउन लाग्‍नुपर्ने बताउनुभएको थियो । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter