नुवाकोटको भैरवी मन्दिर जोखिममा

2018-07-13

नुवाकोट, असार २९ गत । अविरल वर्षाका कारण यहाँको प्रसिद्ध भैरवी मन्दिर र वरपरको बस्ती जोखिममा परेको छ ।
विदुर नगरपालिका–२, नुवाकोटस्थित पृथ्वीनारायण शाहकालीन भैरवी मन्दिर आसपासका क्षेत्रमा गए रातिको पानीले गएको पहिराको कारण सम्पदा र मानव बस्ती जोखिममा परेको हो । विदुर –२ धारापानी क्षेत्रमा बस्ती र नजिकै रहेको भैरवी मन्दिर र मन्दिरका पुजारी धामी हरिमानसिंह डंगोलको निवास क्षेत्रसमेत जोखिममा परेको नुवाकोट सम्पदा समाजका अध्यक्ष पुष्कर शर्मा रिमालले जानकारी दिए ।
विदुर–नुवाकोट–चोकदे सडकको स्तरोन्नतिका क्रममा सडकको भित्ता धेरै काटेर टेवा पर्खाल नलगाइएको कारण पहिरो गएर बस्ती र सम्पदा जोखिममा परेको हो । ‘मानव बस्ती अहिले नै जोखिममा परेको छ । यसलाई तत्काल नियन्त्रण नगरे नजीकै रहेको भैरवी मन्दिरसमेत पहिरोले बगाउने अवस्था आएको छ’, समाजका अध्यक्ष रिमालले भने, ‘सडक स्तरोन्नतिको क्रममा भित्ता कटिङ गर्दा सडकको भित्ता १०–१२ मिटर अग्लो भएको छ तर टेवा पर्खाल भने दुई मिटर मात्र लगाइएको कारण पहिरो गएको हो ।’
प्रहरीका अनुसार १४ घर पूर्णरुपमा जोखिममा परेको छ । प्रहरीले स्थलगत अध्ययनपछि जोखिममा परेकाहरुको विवरण सार्वजनिक गरेको हो । चौध घरलाई तत्काल सुरक्षित स्थानमा सार्ने तयारी थालिएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । रासस


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter