नेकका एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

1 महिना अगाडी

काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँगुनारायणमा अध्ययनरत एक सय २९ जना विद्यार्थी इन्जिनियर उपाधिबाट शनिबार एक कार्यक्रमवीच दिक्षित भएका छन् । कलेजले शनिबार गरेको विदाई कार्यक्रममा उनीहरुलाई कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले दिक्षित गरेका हुन् । कलेजको कम्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङ र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभागको संयुक्त आयोजनामा विदाई कार्यक्रम भएको थियो ।  कम्प्युटर इन्जिनियरिङंका ७५ जना, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिंङका ३२ जना र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङका २० जना गरी कुल एक सय २९ जना इन्जिनियर उपाधिबाट विभूषित भएका थिए । 
कार्यक्रममा कलेजका प्राचार्य प्राडा श्रेष्ठले घुस खाएको आरोपमा यता यति इन्जिनियर पक्राउ उता उति इन्जिनियर पक्राउका समाचार आइरहेको भन्दै पैसाको पछि नलाग्न उनले विद्यार्थीलाई निर्देशन दिए । पहिला निरन्तर मेहनत र परिश्रम गर्नुस् पछि तपाई पैसाको होइन, पैसा तपाईको पछाडि आउनेछ, उनले इन्जिनियर उपाधि हासिल गरेका विद्यार्थीलाई भने, त्यसकारण राम्रो काममा मात्रै लाग्नुस् कलेजको नाम उच्चो राख्नूस् । 
मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न उनले विद्यार्थीलाई निर्देशन दिए । निरन्तरको मेहनत र परिश्रमले पछिपछि प्राजेक्टहरु आफनो पछि लाग्ने अनुभब सुनाउँंदै उनले सुरुमा केही समय मात्रै प्रोजेक्टको पछि लाग्नुपर्ने अवस्था आउने सुनाए । प्राजेक्टहरु पछि लाग्न थालेपछि पैसा विस्तारै आफनो पछि लाग्न थाल्ने उदाहरण उनले दिए । उनले मेहनत र परिश्रमको विकल्प मेहनत र परिश्रम नै मात्रै रहेको बताए । 
कलेजका उपप्राचार्य दीपक धामी, एकेडेमिक कोअर्डिनेटर मोहनध्वज केसी, कलेज सञ्चालक समितिका सदस्द्धय दुर्गा भण्डारी र नरेश खड्का, कलेजको कम्युटर इन्जिनियरिंङ विभागका प्रमुख दिनेश डंगोल, इलेक्टिकल एण्ड इलेक्टोनिक्स इन्जिनियरिंङ विभागका प्रमुख अजयकुमार लाल र इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेशन इन्जिनियरिंङ बिभाग प्रमुख रुपेश दहीलगायतले उपाधि हासिल गर्न सफल विद्यार्थीर्लाइ वधाई दिए । कार्यक्रममा ६ जना विषय उत्कृष्ट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिएको थियो । 
कलेजमा बीई तहमा सिभिल, सिभिल एण्ड रुरल आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशन र सिभिल फर डिप्लोमा होल्डर्समा पढाइ भइरहेका छन् । 

 


नेकका एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

Click to Zoom


नेकका एक सय २९ विद्यार्थी इन्जिनियर उपाधिबाट दिक्षित

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter