नेपालको संविधानलाई अन्तर्राष्ट्रिय सुमदालयले सम्मान गर्न थाल्योः प्रम ओली

8 महिना अगाडी

काठमाडौं  । प्रधानमन्त्री केपीशर्मा ओलीले नेपालको संविधानले अंगिकार गरेका व्यवस्थालाई उत्कृष्ट ठह¥याउँदै अन्तर्राष्ट्रिय समुदायले सम्मानगर्न सुरु गरेको बताउनुभएको छ ।
नेपालको संविधानलेप्राप्त गरेको ‘फ्युचर पोलिसीसिल्भर अवार्ड–२०१९’ बारे जानकारी तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न आयोजितकार्यक्रममाबोल्दै प्रधानमन्त्रीओलीले सो कुरा बताउनुभएको हो । 
प्रधानमन्त्री ओलीले नेपालको संविधानले व्यवस्था गरेको लोकतन्त्र, सामाजिक न्याय, समानता तथा भेदभावरहीत समाज निर्माणका विषयलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गरी सम्मान गर्नु नेपालको सफलत ाभएको जानकारी गराउनुभयो ।
‘हामीले तय गरेको राष्ट्रिय आकांक्षा र सामाजिक व्यवस्थालाई पहिचान गरेको हो, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय समुदायले भर्खर नेपालको उपलब्धीलाई पहिचान गर्न थालेको छ । भोलीका दिनमा नेपालको संविधानअझ ठूला सम्मान प्राप्त गर्नेछ ।”
प्रधानमन्त्री ओलीलेयुवा परिचालन सम्बन्धि कानुनी व्यवस्था र त्यसको व्यवहारिक पक्षलाई समेत मुल्यांकन गरेर यो अवार्ड नेपालले प्राप्त गरेको जानकारी दिनुभयो ।
संविधानमा युवा सहभागीता, सशक्तिकरण, विभेद अन्त्यको सुनिश्चितता, स्वच्छ वातावरणको सुनिश्चितता लगायतका कानुनी व्यवस्था उदारणीय भएकोले नेपाललाई अवार्ड दिइएको काउन्सिलले उल्लेख गरेको छ । 
युवाका लागि राष्ट्रिय युवा नीति निर्माण गरी राष्ट्रिय युवा परिषद् गठनलाई पनि नेपालको युवा अधिकार बारेको उपलब्धी भनिएको छ ।
सर्बियाको राजधानी बेलग्रेड हालै आयोजितअन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा नेपालको संविधानले शान्तिपूर्ण रुपमा द्वन्द्व व्यवस्थापन तथा युवा सहभागिता र अधिकार बारे हासिल गरेको सफलतालाई पहिचान गरी अवार्ड प्रदान गरिएको थियो । 
आईपीयू, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र वल्र्ड फ्यूचर काउन्सिलद्वारा गठित निर्णायक मण्डलले नेपाला लगायत अन्य आठ देशलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो ।
सो अवार्ड आईपीयूमा सहभागी नेपालको संघीय संसदको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएका राष्ट्रिय सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एक कार्यक्रमका बीच ग्रहण गर्नुभएको थियो ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter