नेपालको स्वास्थ्य सेवा निजी चिकित्सकले धानेका छन्ः मन्त्री यादव

3 महिना अगाडी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले नेपालको स्वास्थ्य सेवा सरकारी चिकित्सकले नभई निजी चिकित्सकहरुले धानेको स्पष्ट पारेका छन् । 
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री यादवले नेपालको स्वास्थ्य सेवा धान्ने भनेको नै निजी चिकित्सक भएको बताएका हुन् । उनले भने,‘आउने दिनमा यसलाई सुधार गर्नुपर्छ ।’ मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनप्रति सरकार गम्भीर भएको भन्दै सेवामा फर्कन आग्रह समेत गरे । 
उनले चिकित्सकसंग यसअघि गरिएको सहमति नै कार्यान्वयन हुदा चिकित्सकले आन्दोलन गरेको आरोप पनि लगाए । समायोजनको बिषयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हेरिरहेको भन्दै स्वास्थ्य मन्त्रालयले सहजीकरण मात्र गर्नसक्ने उनको भनाई थियो । उनले आन्दोलनरत चिकित्सकहरुलाई संविधान पढ्नसमेत आग्रह गरे । 
उनले विगतमा सरकारी चिकित्सकहरुले आफूहरु स्वास्थ्य ऐनअन्तर्गत रहन्छौं र संघीय निजामती ऐन मान्दैनौं भनेर किन नभनेको भन्दै प्रश्नसमेत तेर्साए । उनले भने,‘संघीय निजामती ऐनअन्तर्गत फारामपनि भर्नुभयो, मैले अघि त्यही कुरा सोध्न लगाएको हुँ । जुन ऐनअन्तर्गत तपाईले फाराम भर्नुहुन्छ भने त्यो ऐनअन्तर्गत जाने कि नजाने ? म टेक्निकल व्यक्ति छु भनेर हुँदैन् । पहिले संविधान पढ्नुहोस् । नेपालमा हामी जहाँ बसिरहेका छौं, त्यहाँको के कानून छ ? अहिले ७६१ वटा सरकार छन् ।’
सरकारी चिकित्सकहरुले आफूहरुमाथि लगाएको आरोपको खण्डन गर्दै मन्त्री यादवले भने,‘स्वास्थ्य मन्त्रालयले जहिलेपनि आफ्नो काम गरिरहेको छ । गोदानसँग भएको सम्झौता हेर्नुहोस्, हामीले सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गर्नेछ, लेखि पठाउनेछ भनेर सहमति गरिएको छ ।’ 
सरकारी चिकित्सकहरुले नेपाल मेडिकल एशोसिएशनलाई गुहार्नु भनेको उनीहरुको अपरिपक्वता भएको पनि मन्त्री यादको आरोप छ । उनले भने,‘म आँफै गोदानका चार वटा डाक्टरहरुलाई लिएर संघीय मामिलामन्त्री लालबाबु पण्डितको घरमा पुगें, मेरो मन्त्रालयका सचिवलाई पनि साथै लिएर गएको थिएँ । उहाँरुसँग डिसिजन गर्ने क्षमता त हुनुपर्छ ।’
अहिलेसम्म चिकित्सकहरुले खाईपाई आईरहेको सेवा तथा सुविधा र वृद्धिविकास कम नहुने विश्वास मन्त्री पण्डितले दिलाएको उनले सुनाए । उनले चिकित्सकहरु संघीय सरकार अन्तर्गत भर्ना भएपनि संविधानअनुसार तीन तहमा जान गाह«ो नमान्न पनि आग्रह गरे । 
मन्त्री यादवले विराटनगर, विरगञ्ज, डडेलधुरा, नेपालगञ्ज र भरतपुर अस्पताललाई पाँच सय बेड बनाउन लागिएको पनि उनले जनाए । उनले अब सरकारी अस्पतालमा सुधारको संकेतहरु देखा परेको पनि दाबी गरे । 
त्यस्तै मन्त्री यादवले सरकारी चिकित्सकको आन्दोलनको असर सरकारी अस्पतालमा नपरेको दाबी समेत गरे । उनले भने,‘मैले त हिजोमात्रै थापालीस्थित् प्रसुति गृहमा पुगेर चिकित्सक को–को अनुपस्थित् छन् भनेर सोध्दा कोही पनि अनुपस्थित् भएको पाईएन् । हामीले अस्पतालको निरन्तर अनुगमन गरिरहेका छौं ।’

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter