नेपाली मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माइलो

10 महिना अगाडी

काठमाडौँ । धेरै पछि काठमाडौको रहेको कुञ्ज थिएटरमा मौलिक कथा वस्तुमा नाटक मञ्चन भैरहेको छ । नाटक हो लोक नाटक लिलामे माईलो। रिमेक ड्रामाबन्ने चलन आईरहेको अवस्थामा लिलामे माइलो भने पृथक नेपाली मौलिक कथा वस्तुमा बनेको छ । 
नाटक मगर समुदायको कथा वस्तुलाई लिएर बनाईएको छ । मंसिर १४ बाट सुरु भई पुस ७ गते सम्म नयाँ बानेश्वर थापागाउँ, सिडिओटोलमा रहेको कुञ्ज थिएटरमा नाटकनाटक मञ्चन हुनेछ । नाटक हरेक दिन ४ः३० बजे र शनिबार र सार्वजनिक बिदाको दिन दिउँसो १ बजे लाग्ने छ । 
नाटक मञ्चन भैरहेको अवस्थामा नाटकको पात्र परिवेस अनुसारको वास्ना नाटक घरमा आउँदै गर्दा दर्शकलाई फरक खालको रोमाञ्चिन बनाईरहेको हुन्छ जसले दर्शकलाई यथार्थता महशुस गराउनठुलो मद्धत पुगेको छ । यो किसिमको प्रयोग नेपालमा पहिलो पटक गरिएको निर्माण पक्षको दाबि छ । 
नाटकले दर्शकको राम्रो साथ र प्रतिक्रिया पाएको छ । लिलामे माइलो फेमेलि ड्रामा हो । सामाजिक विषयवस्तुलाई नाटकमा उतारिएको छ । नेपालको ग्रामीण भेगमा बसोबास गर्ने ब्यक्तीहरुको स्थानीय रहसन, सँस्कृती, पर्ब, ति गाउँले जिवन यापन गर्नेहरुको जिवनमा घट्ने घटनाहरुलाई दुरुस्तै कथामा उतारी प्रत्यक्ष अभिनयको माध्यमद्धारा नाटकको रुपमा प्रस्तुत् गरिएको छ । 
धेरै पछि काठमाडौंको नाटक घरमा मौलीक कथा वस्तुमोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । पात्रहरुको चरित्रमा वास्तविकता ल्याउन र दर्शकलाई नयाँ पन दिनको लागि नाटकको कलाकार सहितको टोली १ हप्ता सम्म मोरङ जिल्लाको लेटाङ स्थीत राजारानी ताल आसपास क्षेत्रमा गई चरित्र निर्माणको लागि फिल्ड भिजीट समेत गरेको थियो ।
कुञ्ज नाटक घरको प्रस्तुति तथा राजाराम गौतमको निर्माणमा बनेकोनाटकको कथा÷निर्देशकः प्रभाकर न्यौपाने, नाट्य रुपान्तरण ः राज थापा काउचा, कलाकारहरु सलमान खान गुरुङ (माइला), निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), विरेन्द्र खाति, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), संजिव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुुनु), विरेन्द्र खाती, शिला राना मगर, सचिन मल्ल (धरापे), संगीता थापा, सुनिल मगर(झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउले), पारुहागं राई (बनकाँडे)रहेका छन् । प्रचार परिकल्पना लुक्स नेपाल इभेन्टस एण्ड मिडिया प्रा.लिको रहको छ । संगित परिचालन  प्रकास घिमिरे, राजिव श्रेष्ठ, प्रवीन लाखाजु, फोटोग्राफि डकुमेन्टेसन ः युसव गौतम, भेषभुषाः दिपिका थापा, प्रकाश परिकल्पना तथा परिचालन रामबाबु रेग्मी, जीवन बराल, मञ्च परिकल्पना झकेन्द्र बि.सी, सेट ः निर्मल साउद, प्रप्स निर्माणः सन्जिव राई, पोष्टरः प्रकेश सिन्धुलीया, मञ्च व्यवस्थापनः पुष्पराज अवस्थी, पब्लिक रिलेसन अफिसरः पदम घिमिरे,  डिजिटल मार्केटिङः फोर क्युव ईन्टरटेनमेन्ट प्रा.ली को रहेको छ । 
नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सबहरुमा समेत मञ्चन गर्ने गरि तयारी गरिएको निर्माता राजाराम गौतमले जानकारी दिनुभयो । नेपाल पश्चात नाटक भारतको सिक्किम, दार्जलिङ, सिलगुडि, असाम, थाईल्याण्ड, म्यानमार, बंगलादेशमा समेत प्रर्दशनको तयारी गरिएको उहाँले बताउनुभयो । नाटक मौलिक र सामाजिक परिवेषलाई आधार बनाइएको छ । 
नाटकले यस अघिनै नेपालमा पहिलो पटक नाटकको प्रोमोसन भिडियो बनाएर युटुवमा सार्वजनिक गरेको थियो भने उत्कृष्ट ट्रोल भिडियो, पोष्टर, बनाउनेलाई नगद रु ५ हजार र २ जनालाई दार्जलिङ टुर प्याकेजको घोषणा गर्नुको साथै विभिन्न अफरहरु राखेर निशुल्क टिकटको पनि व्यवस्था गरेको छ । नेपाली नाट्य क्षेत्रमा यो किसिमको प्रचार प्रसारको शैली पहिलो पटक अपनाईको जानकारहरु बताउछन् । नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोग सहित, नाटकको माध्यमबाट पुर्बी नेपालका आदिबासी जनजाती मध्येको मगर जातीको रितिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्धन गर्नुको साथै पर्यटकिय क्षेत्र मोरङको राजारानि ताललाई पनि पर्वद्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताउनुभयो । सामाजिक उत्तरदायीत्व निर्वाहको लागि भन्दै नाटक मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई देखाईएको थियो भने मंसिर १३ गते वृद्धाश्रमका महिलाहरुलाई निशुल्क देखाईएको थियो ।
लिलामे माईलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकि रकम सामाजिक कार्यमा खर्च गरिने निर्माता राजाराम गौतमले बताए । नाटक माइला भएर जन्मनुभएकाहरुले निशुल्क हेर्न पाउने छन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्ष भन्दा माथिका बृद्ध बृद्धाले यो नाटक कुनै पनि दिन निशुल्क हेर्न पाउने कुरा कार्यकारी निर्माता गौतमले जानकारी दिनुभयो । 
चटके माइलो हो नाटके माइलो
लिलामे माइलो देशै रमाइलो
मन भित्रै छ उसको हो सुन चांदिको थैलो 
लिलामे माइलो देशै रमाइलो

 


नेपाली मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माइलो

Click to Zoom


नेपाली मौलिक कथा वस्तुमा लोक नाटक लिलामे माइलो

Click to Zoom




Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter