नेपाल आईस आन फुटसको उपाधि भोग एडलाई

8 दिन अगाडी

काठमाडौं । नेपाल आईस आन फुटसको उपाधि भोग एड एण्ड इभेन्ट प्रा.लिले जितेको छ । सानेपाको फिल्ड फुटसल ग्राउण्डमा बुधबार भएको फाइनलमा मिडिया वास्केटलाई ४–१ गोल अन्तरले पराजित गर्दै भोगले उपाधि उचालेको हो ।
भोगलाई जिताउन रोनिश श्रेष्ठले ह्याट्रिक गर्दा मन्जील महर्जनले एक गोल थपे । यसैगरी मिडिया बास्केटका तर्फबाट उर्गेन शेर्पाले एक गोल फर्काएका थिए । तेस्रो स्थान भने  बराह ज्वेलर्सले हात पारेको छ ।
फाइनल प्रवेशका लागि मिडिया वास्केट र बराज ज्वेलर्स भिड्दा पराजित भएको बराह तेस्रो भएको हो ।  मिडिया बास्केटले ६–४ गोल अन्तरले पराजित गरेको थियो ।
प्रतियोगिताको विजेता भोगले नगद १ लाख सहित रनिङ शिल्ड हात पारेको छ । यसैगरी उप विजेता भएको मिडिया बास्केटले ७५ हजार रुपैयाँमा चित्त बुझायो ।  तेस्रो भएको बराह ज्वेलर्सले ५० हजार पायो । 
प्रतियोगितामा बराह ज्वेलर्सका  अनुप शंकर र भोगका रोनिश श्रेष्ठ संयुक्तरुपमा सर्वाधिक गोलकर्ताको अवार्डबाट सम्मानित भए । दुवै जनाले प्रतियोगिता अवधिभर ११–११ गोल गरेका थिए । यसैगरी उत्कृष्ट गोल रक्षकको उपाधि वेलकम एडभर्रर्टाईजिङ मार्केटिङको विशाल शाहीले पाए । शाहीले गत वर्ष पनि उत्कृष्ट गोलकिपरको अवार्ड पाएका थिए ।
यसैगरी फेयर प्ले अवार्ड सर्वोत्तम सिमेन्ट र वेस्ट सपोटर्स  नयाँ पत्रिका र फस्ट रजिस्र्टर्ड टिम अवार्ड  मार्स प्रा।लिले पाएका छन् । विजेता खेलाडीलाई ट्रफी तथा सहभागी टिम र सहयोग गर्नेहरुलाई टोकन अफ लभ, चौधरी गु्रपका वरिष्ठ महाप्रबन्धक प्रदीप पुडासैनी, प्रवन्धक लालबाबु प्रसाद, नेपाल मेडिसिटीका डाइरेक्टर विजय रिमाल, आनका पूर्व अध्यक्ष सन्तोष श्रेष्ठ, अध्यक्ष रविन्द्रकुमार रिजाल शशी, प्रथम उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिब राजु कुँइकेल, कोषाध्यक्ष विजय पोखरेल,  फुटसल प्रतियोगिता समितिका संयोजक सन्तोष खड्का लगाएतले पुरस्कार वितरण गरेका थिए । 
प्रतियोगिताको टाईटल स्पोनसरको रुपमा नेपाल आईस पावर्ड बाई सिजी सिमेन्ट र हस्पिटल पार्टनरको रुपमा नेपाल मेडिसिटी अस्पताल रहेका थिए ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

Advertisement
Advertisement

Subscribe our Newsletter