नेपाल कबाड तथा प्लाष्टिक संकलन व्यापार व्यवसायी संघर्ष समितिद्वारा मुल्य अभिवृद्वि कर फिर्ता लिन माग

4 महिना अगाडी

काठमाडौं । नेपाल कबाड तथा प्लाष्टिक संकलन व्यापार व्यवसायी संघर्ष समितिले यही आर्थिक वर्षदेखि नेपाल सरकारले कबाडी संकलक तथा व्यवसायीहरुको लागि समेत अनिवार्य गरेको मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीमा दर्ता हुनुपर्ने भनेर राखेको प्रावधान आफुहरुको लागि उपयुक्त नरहेको स्पष्ट पारेको छ । 
समितिले आफूहरु प्यान लिएर काम गर्न चाहेको भन्दै भ्याटमा दर्ता हुन बाध्य नगरियोस भन्ने माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले विभिन्न ९ बुँदे माग अघि सारेको छ  । 
सरकारले आफूहरुको व्यवसाय नै धरापमा पार्न खोजको भन्दै समितिले सरकारलाई आफ्नो कदमबाट पछि हटेर समस्या सामाधानमा आउन आग्रह गरेको छ । संघर्ष समितिले दिनभर बटुलेको फोहोरमा सरकारले भ्याट लागू गरेको आरोप लगाएको छ ।
कार्यक्रममा बोल्दै समितिका संयोजक चन्देश्वर शाहले सरकारले बिना कुनै तयारी मुल्य अभिबृद्वि करमा लैजान खोजेको भन्दै कडा असन्तुष्टि पोखे । उनले भने,‘हामिले सरकारको नीतिको बिरोध गरेका होइनौं । तर, प्यानअन्तर्गत रहेर काम गर्दे आएका हामीमाथि मुल्य अभिवृद्वि कर लागू गर्दा व्यवसायको आय व्ययमाथि विचार पु¥याइएन ।’ उनको भनाई छ ।
५० लाखभन्दा बढिको कारोवारलाई मुल्य अभिवृद्विअन्तर्गत समावेश हुँदै आएको जनाउदै त्यो भन्दा तलको व्यवसायीहरु आर्थिक रुपमा सक्षम नभएको उनको भनाई छ । संकलन भएको कवाड विभिन्न प्रोसेसिङको माध्ययमबाट प्रसोधन हुँदा आधाभन्दा बढि खेर जाने भएका कारण उक्त खेर गएको कवाडको पैसालाई भ्याट अन्र्तगत लागू गर्नु कत्तिको न्यायसंगत छ ? भन्दै उनले आक्रोश पोखे । 
कानुन समाजको समस्या सामाधान गर्नलाई हो समस्यामा पर्न होइन भन्दैै कवाडी व्यवसाय कुनै रहरले नभएर आफ्नो पेट पाल्नको लागि भएको पनि उनले सुनाए । 
उनले थपे,‘कवाडी व्यवसायमा साना व्यवसायीहरु र त्यसमा पनि अशिक्षित छन ।’ व्यवसायमा सहयोग गर्नेहरुपनि अशिक्षित नै रहेकोे अवस्थामा शिक्षित व्यक्तिले नगर्ने कामको रुपमा चिनिन गएको पनि उनले बताए ।
दोहोरो कर प्रणाली संसारका कुनै पनि देशमा विद्यमान नभएको बताउदै नेपालमा मात्रै संघीय, प्रादेशिक तथा स्थानीय करको भार जनतालाई बोकाउन उचित नभएको उनको भनाई छ ।
अन्य देशका सरकारले साना व्यवसायी तथा फोहर संकलनको रुपमा काम गर्दै आएका मजदुरलाई औषधोपचार, बिमा, अनुदानजस्ता सुविधा दिदै आएको जानकारी गराउदै नेपाल सरकारले त्यस्ता देशबाट सिक्न आवश्यक रहेकोे पनि उनले बताए ।
‘आज सरकारले लागू गरेकोे नीतिले आफ्नो व्यवसाय संकटमा परेको र विगत एक हप्तादेखि बन्द अवस्थामा छ । हामी आफ्नो व्यापार छोडेर जान तयार छौं । तर, थेग्नै नसकिने अभिबृद्वि करमा व्यवसाय गर्न सकिँदैन ।’–उनले प्रष्ट्याए । 
‘संकलन भएको कवाडीमध्ये ५० प्रतिशत काम नलाग्ने फोहर हुन्छ भने १० प्रतिशत विरगंजमा रहेका प्रसोधन केन्द्रबाट खेर जाने गरेको छ । र,  बाँकी ४० प्रतिशतमात्र विभिन्न माध्ययमबाट भारत निकासी गर्दै आएको अवस्थामा उक्त खेर जाने कवाडीको मुल्यमा अभिबृद्वि कर कुनैपनि हालतमा मान्य हुदैन ।’–उनले जिकिर गरे । 
सरकारले हरेक घरबाट एक हजारभन्दा माथिको फोहर खरिद गर्दा अनिवार्य भ्याट बिल दिनुपर्ने बताएपनि अशिक्षित नागरिकले गर्दै आएका व्यवसायमा अब के हिसावकिताव गर्न एकाउन्टेन्ट राख्नुपर्ने हो भन्दै उनले सरकारसँग जवाफ माँगे । 
उनले आफुहरु प्यान लिएर काम गर्न तयार रहेको जनाउदै भ्याट सम्बन्धी नीतिमा पुर्नविचार गर्न सरकारसंग आग्रह गरे । समस्याको समाधान नभए आफुहरु संघर्षमा उत्रन बाध्य हुने बताउँदै चाँडै नै आफ्नो व्यवसाय गरेर खाने वातावरण मिलाईदिन पनि उनले सरकारलाई आग्रह गरे । 
त्यस्तै कार्यक्रममा बोल्दै समिती सदस्य सचिव संजय यादवले साना व्यापारीमाथि सरकारको दमनकारी निणर्य कुनैपनि हालतमा स्विकार्य नभएको चेतावनी दिए । उनले भने,‘दिनमा १० किलो फोहर संकलन गरेर जिविका चलाउँदै आएका करको दायर बढाएर सरकारले हामीलाई मार्न खोजेको हो ।’ 
हरेक घरबाट सामान खरिद गर्दा कसले बिल दिने भन्दै उनले सरकारको दोहोरो चरित्रको कारण आफूहरुजस्तो साना व्यवसायीहरु ठूलो मारमा परेको पनि सुनाए । 
त्यस्तै कार्यक्रममा बोल्दै समितिका सचिव राजाराम महतोले सरकारले कुनै जानकारी तथा तयारीबिनै आफुहरुको पेटमा लात हानेको आरोप लगाए ।
‘हामी पेशाबाटै विस्थापित् हुन तयार छौं । तर, कमाउनै नसकिने मुल्य अभिबृद्वि कर अन्र्तगत रहेर के काम गर्ने ? के खाने ? कसरी परिवार चलाउने ?।’ उनको प्रश्न छ ।
सरकारको नीतिको बिरोध होइन । साना व्यवसायी माथीको अन्यायको विरुद्वमा आवाज उठाउन आवश्यक रहेको उनको भनाई छ ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter