नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर

3 महिना अगाडी

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न प्याकेज सहितको आकर्षक स्प्रिङ अफर घोषणा गरेको छ ।  यो अब शनिबारदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।  
टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यकाअनुसार कम्पनीले एक घण्टा अनलिमिटेड प्याकको घोषणा गरेको छ । यस प्याक अन्तर्गत कम्पनीकै नेटवर्कमा जीएसएम÷सीडीएमएका ग्राहकले २० रुपैयाँमा प्याक एक्टिभ भएपश्चात् १ घण्टासम्म निरन्तर भ्वाइस, एसएमएस र डाटा असीमित रुपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा दश मिनेटको थप बोनस गरी जम्मा ७० मिनेटसम्म असिमित भ्वाइस÷डाटा÷एसएमएस प्रयोग गर्न सकिनेछ ।
 यस्तै जीएसएम प्रिपेड÷पोष्टपेड तथा सीडीएमए प्रिपेड÷पोष्टपेड मोबाइलमा अल टाइम डाटा प्याकेज प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 
अल टाइम डाटा प्याक अन्तर्गत १२ रुपैयाँ देखि ९९० रुपैयाँसम्मका प्याक उपलब्ध छन् । यस अन्तर्गत २८ एमबी देखि १२ जीबीसम्मका प्याकेज खरिद गर्न सकिने छ । यी प्याकेज प्रयोग गर्न सकिने समयावधि पनि १ दिन देखि ४२ दिनसम्म हुनेछ । साथै इकोनोमी प्याकको रुपमा एक दिनका लागि २५ रुपैयाँको १०० एमबी, ७ दिनका लागि १०० रुपैयाँको ५०० एमबी र २८ दिनका लागि ५०० रुपैयाँको ४५०० एमबी भोल्युमको इको प्याक समेत उपलब्ध गराइएको टेलिकमले जनाएको छ।   
यस्तै टेलिकमले डे डाटा प्याक अन्तर्गत ९ रुपैयाँमा विहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ५५ एमबी डाटा चलाउन सकिने व्यवस्था गरेको छ । 
यसैगरी १ जीबी पर डे डाटा प्याक अन्तर्गत ४५ रुपैयाँमा १ दिनका लागि १ जीबी डाटा भोल्युम उपलब्ध हुनेछ भने  नाइट डाटा प्याक अन्तर्गत एक रातका लागि ९ रुपैयाँमा १२५ एमबी र ७ रातका लागि ४५ रुपैयाँमा ६३० एमबी डाटा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । यो प्याक राती ११ बजेदेखि बिहान ६ बजेसम्म मात्र प्रयोग गर्न सकिने छ । 
यस्तै टेलिकमले अनलिमिटेड नाइट डाटा प्याक अन्तर्गत १ रातका लागि १५ रुपैयाँमा र ७ रातका लागि ८५ रुपैयाँमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिने पनि जनाएको छ । 
यस्तै सोसियल मिडिया डाटा प्याक अन्तर्गत सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप र ट्वीटर चलाउन सकिने छ । यस अन्तर्गत ६ रुपैयाँमा ३६ एमबी डाटा १ दिन, ३० रुपैयाँमा १५० एमबी डाटा ३ दिन र ६० रुपैयाँमा ३२५ एमबी डाटा ७ दिनका लागि  चौवीसै घण्टा उपलब्ध हुनेछ । 
यसरी डाटा स्ट्रिमिङ प्याक अन्तर्गत १२ रुपैयाँमा १५० एमबी डाटा १ दिनका लागि, ३० रुपैयाँमा ४०० एमबी डाटा ३ दिनका लागि र ६० रुपैयाँमा ९०० एमबी डाटा ७ दिनका लागि चौवीसै घण्टा उपलब्ध हुने छ । 
यस्तै टेलिकमले अल टाइम भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँ देखि ५०० रुपैयाँसम्मका प्याक उपलब्ध गराएको पनि जनाएको छ । 
यस्तै टेलिकमले आकर्ष नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक,  डे टाइम भ्वाइस प्याक, एसएमएस प्याकमा पनि आकर्षक अफर ल्याएको छ । 
यस्तै कम्पनीले ‘नेपाल टेलिकम’ एप पहिलो पटक डाउनलोड गरी प्रयोग गर्नेहरुका लागि १०० एमबी जीएसएम डाटा निःशुल्क उपलब्ध गराउने पनि जनाएको छ ।  
विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नु पर्ने कम्पनीले जनाएको छ । 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter