न्यूनतम तापक्रम घट्योः अझै चिसो बढ्ने

2 महिना अगाडी

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ ।  उक्त वायुको प्रभावले बदली गराउनाका साथै तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुश गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस र अधिकतम तापक्रम १९ डिग्री पुगेको छ ।
हिजो बुधबार काठमाडौँको न्यूनतम तापक्रम ६ र अधिकतम तापक्रम १९ डिग्रि सेल्सियस रहेको थियो । जाडो याम शुरु भइसकेकाले न्यूनतम तापक्रम तिरन्तर घट्नाका साथै चिसो बढ्ने वरिष्ठ मौसमविद् सुजन सुवेदीले जानकारी दिए । सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ । 

मौसमविद् सुवेदीका अनुसार पश्चिमी वायुको प्रभावका साथै यावुमण्डलमा विकसित भएका स–साना गतिविधिका कारण मौसममा खराबी आएको हो । अहिले पानी पार्ने प्रणालीको विकास हुन सकेको छैन उक्त प्रणाली सक्रिय भए चिसो झनै बढ्नेछ ।
महाशाखाले आज मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र मध्य पहाडी भेगका एक÷दुई स्थानमा हल्का वर्षा हुने सम्भावना औँल्याएको छ । 
रातको समयमा पनि पश्चिमी पहाडी भेगमा सामान्य बदली र मध्य तथा पूर्वका भू–भागमा आंशिक बदली रहने र पश्चिमका उच्च पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । भोली पनि पूर्वी पहाडी भूभागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पूर्वी उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपात र पूर्वी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको छ । 


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter