पढाइ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

2019-06-12

जाजरकोट । बारेकोट गाउँपालिका–४ मैनाका पुष्पा बस्नेतले पढाइ खर्च जटाउन गिट्टी कुट्न बाध्य भएका छन् । गरीबी तथा विपन्नताका कारण अभिभावकले पढाइ खर्च जुटाउन नसक्दा पुष्पा आफैँले गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै आएकी छिन् । उनले भनिन्, “रहरले गिट्टी कुट्ने गरेकी होइन, यो हाम्रो बाध्यता हो, पढाइ खर्च जुटाउनका लागि बाध्य भएर गिट्टी कुट्ने गरेकी हो ।”  गिट्टी कुटेर आफूले कमाएको रकमबाट भाइ, बहिनीकोे पढाइ खर्चसमेत धान्ने गरेको उनी बताउँछिन् । 
त्यस्तै सोही ठाउँका सुनिता बस्नेतले पनि पढाइ खर्च जुटाउनका लागि गिट्टी नै कुट्ने गरेकी छिन् । उनले गिट्टी कुटेर प्रतिबोरा रु १२० कमाउने गरेकी छिन् । दैनिक चार बोराभन्दा बढी गिट्टी कुट्ने गरेको बताउँदै उनले त्यसबाट प्राप्त भएको आम्दानीले कापी, कलम र अन्य व्यक्तिगत खर्च गर्ने गरेको बताइन् । उनीसँगै दैनिक गिट्टी कुट्ने अर्की छात्रा पुष्पा बस्नेतले आफूले कमाएको रकमबाट भाइ, बहिनीको पढाइ खर्चसमेत धान्ने गरेको छ । 
यी त कही प्रतिनिधिमूलक पात्रमात्र हुन् । गरीबी र विपन्नताका कारण जिल्लाका अधिकांश बालबालिकाले आफ्नो र भाइ बहिनीको पढाइ खर्च जुटाउनका लागि गिट्टी कुट्ने गरेका छन् ।  शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुताजस्ता विषयलाई नेपालको संविधानले नागरिकको मौलिक हकअन्तर्गत राखेको भए पनि गरीबी र विपन्नतामा बाँचिरहेका बालबालिकाले आधारभूत शिक्षा हासिल गर्नका लागि पनि गिट्टी कुट्नुको विकल्प नभएको गुनासो उनीहरुको छ । शिक्षामा सबैको सहज पहुँच पु¥याउने सरकारको प्रतिबद्धता र जवाफदेहीता गरीब तथा विपन्न बालबालिकाको घर आँगनमा पुग्न नसकेको आरोप स्थानीयवासीको छ । 
सम्पन्न घर परिवारका बालबालिका सुविधायुक्त महँगो विद्यालयको पढाइमा प्रतिस्पर्धा गरिरहेको बेला गरीबी तथा विपन्नताको कहालीलाग्दो अवस्थामा बाँचिरहेका बालबालिकाले आफ्नो पढाइ खर्च जुटाउन विद्यालयको पढाइ छोडेर गिट्टी कुट्ने गरेका छन् भने यार्सागुम्बा खोज्ने समयमा उनीहरु यसका लागि पाटनतिर जानुपर्ने बाध्यता अझै कायमै रहेको छ । पढाइका लागि आवश्यक पर्ने किताब, कापी, कलम र विद्यालय पोशाकका लागि उनीहरु मजदूरी गर्न बाध्य भएको बालबालिकाले बताएका छन् । 
विद्यालयको पढाइ खर्च जुटाउन नसक्ने अभिभावकका बालबालिकामध्ये कोही यार्सागुम्बा खोज्न र कोही गिट्टी कुट्न बाध्य भएका छन् । जाजरकोटमा मजदूरी गर्ने बालबालिकाको सङ्ख्या यति छ भन्ने कुरा यकिन नभएको स्थानीय सरकारको मताहतमा रहेका महिला तथा बालबालिका कार्यालयले जनाएको छ । (रासस)

Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter