पत्रकार बजगाईंको ‘यसो गरे कसो होला ?’ सार्वजनिक

2018-12-19

काठमाडौ । पत्रकार लक्ष्मण बजगाईंको १६औं पुस्तक ‘यसो गरे कसो होला ?’ विमोचन गरिएको छ । रिपोर्टर्स क्लब नेपालमा पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द प्रसाद पोखरेलले उक्त पुस्तकको विमोचन गरेका हुन । 
पुस्तक विमोचन कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको पूर्वमन्त्री पोखरेलले पत्रकार बजगाईंद्धारा लिखित पुस्तक राज्यको लागि प्रतिपक्षका रुपमा आएको बताए । उनले भने,‘पत्रकारीतामा लामो समयदेखि क्रियाशिल बजगाईंले धेरै पुस्तक लेख्नुभएको छ, १६औं पुस्तकका रुपमा ल्याउनुभएको यसो गरे कसो होला ? पुस्तक निक्कै महत्वपूर्ण छ, यो पुस्तक सत्ताको लागि प्रतिपक्षी बनेर आएको छ, पुस्तकबाट सरकारले धेरै कुरा सच्चाउन र आफ्ना कार्यहरु सुधार गर्न सहयोग गर्ने मैले विश्वास लिएको छु ।’ 
उनले अघि थपे,‘मुलुकको चिन्ता, चासो, जनताको सुरक्षाजस्ता हुटहुटीहरु यस पुस्तकमा लेखिएका छन्, पत्रकारीता आँफैमा महत्वपूर्ण पाटो भएकोले पनि उहाँले पुस्तकमा दर्शनभन्दा पनि सामान्य रुपमा विकसित मुलुक र सुखि, खुसि नागरिक हुनुपर्छ भन्ने सन्देश समावेश गर्नुभएको छ, पुस्तक न त सत्तामा जान्छु, न त राजनीति गर्छ, निःस्वार्थ रुपमा राज्यको विकास र समृद्धिको लागि आह्वान गरिरहेको छ, सरकारको लागि यो भन्दा अर्को प्रतिपक्ष के हुन सक्छ ?’
हरिओम वालमुन्दाय नम रियल स्टेट प्रालिले आयोजना गरेको पुस्तक विमोचन कार्यक्रममा लेखक बजगाईले मुलुमलाई समृद्धितर्फ अघि बढाउन सरकार र जनताहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने धारणा राखेका छन् । 
पुस्तकका बारेमा बोल्दै बजगाईंले भने,‘मैले यस पुस्तकमा २७ वटा उप–शिर्षकमा लेखेको छु, आर्थिक अनियमितता, विकास निमार्णका कामहरुमा ढिलाई, भ्रष्टचार न्युनिकरणका बारेमा, ठेकदारी प्राणालीले विकास निर्माणका कामहरुमा ढिलाएका विषयहरुलाई साधारण सम्पादकीय रुपमा लेखेको छु ।’ 
पुस्तकका प्रकाशक राजेन्द्र प्रसाद सुवेदीले सरकारले विचौलियाहरुलाई घरजग्गा कारोबारमा अवैध घोषणा गरेर कारबाही गर्न माग गरेका छन् । 
पुस्तकमा समेत भ्रष्टाचार, विचौलियाहरुको मनोमानी अन्त्य लगायतका विषयहरु समावेश भएको भन्दै उनले पुस्तक प्रकाशन गरेको बताए । 
कार्यक्रममा वरिष्ठ पत्रकार हरी लम्साल, कान्तिपुर टेलिभिजनका पत्रकार विकास थपलिया, नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका सचिव मोहन प्रसाद पन्तलगायतले पुस्तकका बारेमा आफ्ना धारणा राखेका थिए । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter