पत्रकार महासङ्घको राष्ट्रिय भेला हेटौँडामा

17 दिन अगाडी

काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण स्थगित राष्ट्रिय भेला आगामी भदौ २–३ गते वाग्मती प्रदेशको राजधानी हेटौँडामा आयोजना गर्ने निर्णय गरेको छ ।
गत वैशाखका लागि तय गरिएको सो भेला रोकिएको र २६ औँ महाधिवेशनको मिति तय गर्न समेत कठिनाइ उत्पन्न भएकाले ती गतिविधिका बारेमा निर्णय लिन भेलाको नयाँ मिति तय गरिएको महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज सम्पन्न केन्द्रीय समितिको दसौँ पूर्ण बैठकले साङ्गठनिक विषय, श्रमजीवी पत्रकारको हकहितका पक्षमा भइरहेको आन्दोलनको समीक्षा र कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरलगायतका विविध विषयमा छलफल गरेको थियो ।
महासचिव रमेश विष्टका अनुसार बैठकले बन्दाबन्दीका कारण २०७६ चैतभित्र सम्पन्न हुन नसकेको नयाँ सदस्यता सिफारिस र नवीकरणको म्याद २०७७ साउन मसान्तसम्म थप्ने निर्णय पनि गरेको छ । यस्तै कोरोना माहामारीको कारण देखाउँदै सञ्चारगृहले श्रमजीवी पत्रकारलाई दवावपूर्ण बेतलबी बिदामा राख्ने, निष्कासन गर्ने, पारिश्रमिक कटौती गर्ने र काम गर्ने वातावरण बिथोल्ने गरेको सन्दर्भमा महासङ्घले श्रमजीवी पत्रकारको हकहितका लागि गरिरहेको आन्दोलनलाई अझ सशक्त  र परिणाममुखी बनाउने निर्णय गरिएको छ ।
निरन्तर पाँच वर्ष एउटै सञ्चारमाध्यममा कार्यरत स्ट्रिन्गरलाई न्यूनतम पारिश्रमिक उपलब्ध गराउन सञ्चारगृहलाई पत्राचार गर्ने र तहगत वर्गीकरण गरी पारिश्रमिक तोक्ने भनी दुई वर्षअघि भएको निर्णय कार्यान्वयनका लागि न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने बैठकले निर्णय गरेको छ ।
कोरोनाका कारण सञ्चार क्षेत्रमा परेको असरका सम्बन्धमा अध्ययन गरी दस्तावेज तयार पार्ने र त्यसका लागि महासङ्घको मिसन सबै प्रदेशमा परिचालित हुने महासङ्घले स्थापना गरेको एक करोड रुपैयाँ बराबरको आपतकालिन कोषमा महासङ्घ केन्द्रकातर्फबाट रु। तीस लाख र महासङ्घ बेलायत शाखाबाट रु। बीस लाख जम्मा भइसकेकाले यस कोषमा स्वच्छिक योगदान गर्न चाहने महासङ्घका शाखा र सरोकारवालालाई साउन मसान्तभित्र सो कोषमा रकम जम्मा गर्न आह्वान गर्ने निर्णय पनि गरिएको छ ।
महासङ्घले लोककल्याणकारी विज्ञापन वापत बढाइएको रकम उपलब्ध गराउन, अनलाइन सञ्चार माध्यमको दर्ता र नवीकरणलाई सरलीकृत गर्न, स्वरोजगारमूलक सञ्चारमाध्यमलाई सहुलियतपूर्ण ऋण लगायतका आवश्यक राहत उपलब्ध गराउन र प्रेस पास वितरणलाई सरलीकृत गर्न नेपाल सरकारसँग माग गर्ने निर्णय पनि गरेको छ ।

गत भदौ ९ गतेदेखि बेपत्ता रहेका सामुदायिक रेडियो बुढीनन्दामा कार्यरत डोटीका पत्रकार तेजु खड्काको हालै कंकाल भेटिएकाले गहन छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन नेपाल सरकारसँग बैठकले माग गरेको छ  ।
 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter