पत्रकार मिश्र ‘वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कार’ बाट सम्मानित

2019-05-03

काठमाडौं । रिपोर्टर्स क्लब नेपालले प्रदान गर्ने वीरेन्द्र शाह स्मृति पत्रकारिता पुरस्कारबाट कान्तिपुर दैनिकका बरिष्ठ सहायक उप–सम्पादक राजेश मिश्र पुरस्कृत भएका छन् । 
शुक्रबार रिपोर्टर्स क्लब नेपालको काठमाडौंस्थित् केन्द्रीय कार्यालयमा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिश्रलाई उक्त सम्मान प्रदान गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा उक्त पुरस्कार तथा सम्मानपत्र मिश्रलाई प्रदान गरेका हुन् । 
क्लबले उक्त पुरस्कार आफ्नो स्थापनाको २१ औं वार्षिकोत्सवको अवसरमा चैत्र १७ गते दिने घोषणा गरेको थियो । तर, मिश्र विशेष कारणवश काठमाडौं उपत्यकाबाहिर गएकोले उक्त पुरस्कार आज प्रदान गरिएको हो । विगत दुई दशकदेखि व्यवसायिक पत्रकारितमा सक्रिय पत्रकार मिश्र सर्लाहीमा रहेर दश वर्ष र काठमाडौंमा विगत दश वर्षदेखि पत्रकारितामा क्रियाशिल छन् । मिश्रलाई प्रदान गरिएको पुरस्कारको राशी २५ हजार हो । 
कार्यक्रममा मन्त्री पण्डितले आफू र वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको विश्वास दिलाए । उनले भने,‘प्रेस जगतपनि अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ । प्रेस आँफैमा अनुशासनमा बस्नुपर्छ । मर्यादित बन्नुपर्छ । राज्यको प्रगति र उन्नतिको दिशातर्फ अघि बढ्नको लागि प्रेस जगतले सकारात्मक पहलकदमी चाल्नुपर्छ ।’ स्वतन्त्रताका नाममा केही स्वच्छन्ता देखिएको पनि मन्त्री पण्डितले टिप्पणी गरे । उनले भने,‘त्यो स्वच्छन्दतालाई ठीक हो भन्न सकिँदैन् ।’
त्यस्तै, पुरस्कार ग्रहणपछि संक्षिप्त सम्बोधन गर्दै पत्रकार मिश्रले आफूले जीवनमै पहिलो पटक आज पुरस्कार प्राप्त गरेको भन्दै जीवनभरि आजको दिन स्मरणमा आईरहने सुनाए । उनले भने,‘मैले जीवनमा आँफै निर्णय गरेर धेरैलाई पुरस्कार दिने अवसर पाएको थिएँ । तर, मैले आँफैले पाएको यो पुरस्कार नै जीवनको पहिलो हो । म रिपोर्टर्स क्लब र यसका सभापति ऋषिजीप्रति आभारी छु।’ विश्व प्रेस स्वतन्त्रता दिवसकै अवसरमा आफूले पत्रकारिता पुरस्कार पाएको भन्दै आफ्नो लागि आजको दिन ऐतिहाँसिक भएको उनको प्रतिक्रिया छ । 
मुलुक संघीयता कार्यान्वयनको चरणमा गएको सुनाउँदै पछिल्लो समय कुनै न कुनै बहानमा स्थानीय, प्रदेश र संघीय तीनवटै सरकारबाट प्रेसमाथि अंकुश लगाउने प्रयास भएको पनि उनले टिप्पणी गरे । त्यस्तै, पत्रकाहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाई छ । उनले भने,‘यदि गल्ती भएका छन् भने समयमै सच्याउनुपर्छ ।’

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter