परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालन गर्नुपर्ने माग

2 महिना अगाडी

केके मानन्धर
भक्तपुर । भक्तपुरमा परम्परागत तोरीको तेल उत्पादन गर्ने उद्योग पुनः सञ्चालनको बहस शुरु भएको छ । पछिल्लो समय विस्थापित हुँदै गएको मौलिक सामग्री उत्पादन गर्ने उद्योग रुग्ण बनेकोप्रति चासो व्यक्त गर्दै मानन्धर समुदायले उद्योग सञ्चालनको बहस शुरु गरेको हो । भक्तपुरमा करिव ३ हजार पाँच सय मानन्धर समुदायको बसोबास रहेपनि पाँच घरपरिवारले मात्र मुस्किलले तोरीको तेल उत्पादन गर्दै आएका छन् । ती पनि प्राविधिक कारणले बन्द हुने अवस्थामा छन् । त्यसैले मौलिक पेशा संकटमा परेसँगै मानन्धर समुदायले तोरीको तेल उत्पादन गर्ने उद्योग पुनःसञ्चालनको बहस शुरु गरेका हुन् ।
भक्तपुर जिल्ला मानन्धर युवा संघले आयोजना गरेको कार्यक्रममा संघका अध्यक्ष न्हुछेरत्न मानन्धरले समुदायभित्रको पुँजीलाई एकीकृत रुपमा परिचालन गर्नुपर्ने बताए । ‘म आफै भक्तपुर चेम्बर अफ कमर्सको पनि अध्यक्ष हुँ । चेम्बरको उद्देश्यसँग मानन्धरहरुको परम्परागत पेशालाई जोडेर उद्योग सञ्चालनको पहल भक्तपुरबाटै गर्नुपर्छ ।’ अध्यक्ष मानन्धरले जनाए । उहाँले गुणस्तरीय उत्पादनमा ध्यान दिन सके समुदायको संयुक्त लगानीमा तयार हुने तोरीको तेललाई अन्तराष्ट्रिय बजारमा पु¥याउन सकिने जनाए ।
त्यस्तै, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा पूरा गर्नेमा मौलिक सामग्रीको उत्पादनले टेवा दिने बताए । आयात कम गरेर निर्यात बढाउन सके सरकारको समृद्धिको नारा पूरा हुने राज्यमन्त्री मानन्धरको भनाई छ ।
संघले राष्ट्रिय जीवनका फरक विधामा योगदान दिएका प्रबुद्ध व्यक्तित्वहरुलाई सम्मान गरेको छ । सोहीक्रममा शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता प्रवीण मानन्धर, भक्तपुर चेम्बर, उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्षदेखि नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमिति लगायतलाई बधाई तथा सम्मान गरेको छ ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter