पाण्डवका देवल जीर्ण बन्दै

5 महिना अगाडी

अमरगढी – उचित संरक्षण नभएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको सदरमुकाम पश्चिम क्षेत्रमा अजयमेरु गाउँपलिका–५ मा अवस्थित देवदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि पुरातात्विक महत्वका यी ठाउँहरू ओझेलमा पर्न थालेका हुन् ।

जिल्लाकै प्रसिद्ध देवलहरु मानिँदै आएका यी ठाउँको विकास र संरक्षणमा सरकार, सामाजिक सङ्घसंस्था र स्थानीय निकायले खासै चासो नदेखाउँदा खण्डहरू ओझेलमा पर्दै गएकामा जिल्लाका संस्कृतिविद्हरूले चिन्ता व्यक्त गरेका छन् ।

जिल्लाकै देवल नमूना पर्यटकीयस्थल बनाउन सकिने देखिन्छ । देवलदिव्यपुरका देवल द्वापर युगमा भारतको हस्तिनापुरबाट आएका पाँच भाइ पाण्डवले एक रातमा पाँच देवल निर्माण गरेको किंवदन्ती रहेको छ । देवल निर्माण नागमल्ल राजाका पुर्खाहरु राज गरेका बोटे राज्य बनाइएको र उक्त राज्य गर्ने राजा त्रिलचीका तीन भाइमध्येका पृथ्वी पालले गरेका पाइएको छ ।

पृथ्वी पालका जेठा दाजु अजयपाल अजयमेरुकोटमा बसेका कारणले त्यस ठाउँको नाम नै राजा अजयपालको नामबाट अजयमेरुको राखिएको किंवदन्ती रहेको पाइन्छ । त्यस्तै राजा पृथ्वी पालले देवलका छ महीनाका छोरा घुँडा र कुमले हिँडिरहेका बेला मल्ल युद्धजस्तै हिँडिरेहको आफ्नो छोरालाई त्यो दिनदेखि पृथ्वी पालको थर परिर्वतन गरेर मल्ल हुन गएको किंवदन्ती रहेको स्थानीय पण्डित गङ्गादत्त पन्तले बताए ।

यस देवलका इतिहास पत्ता लगाउन राजा महेन्द्रका पालामा योगी नरहरिनाथ देवल दिव्यपुरमा पुगेपछि त्यसको इतिहास थाहा पाउनका लागि देवल क्षेत्रमा रहेका शिलालेखमा कुनै इतिहास पत्ता लग्न नसकेको आफूले जानकारी पाएको पन्तले बताए ।

देवलमा राखिएका पुरानो शिलालेखको बारेमा पत्ता लगाउन नसकेपछि नरहरिनाथले जस्ताको त्यस्तै लेखिएको शिलालेख छापी राजधानी लगेका पन्तले बताए । यस्तै धार्मिक महत्वका विभिन्न ठाउँमा बाटोमा बटुवाहरुको बासस्थानका लागि बनाएका धर्मशाला पनि ओझेलमा पर्न थालेका छन् ।

अमरगढी नगरपालिका–७ चमामा मूलबाटोमै रहेको तीनकोठे धर्मशालाको उचित संरक्षण हुननसकाले ओझेलमा पर्न थालेका छन् । अनपा–७ स्थित पोखरबजार नजिकै रहेको रातागुन ९नाना सिलङ्गा० रहेको दुईकोठे धर्मशाला पनि छाना भत्किन लागेको छ । यी ठाउँहरू पहिचान ढल्ने अवस्थामा पुगेको इतिहासविद् भोजराज भट्टराईले बताए ।

उनले यी ठाउँका संरक्षण गरे आन्तरिक पर्यटकबाट वर्षेनी लाखौँ आम्दानी हुनसक्ने बताए । सरोकारवालाले उदासिनता देखाएका कारण यी जस्तै नेपालकै चौथौ धाममध्येको पर्शुरामधाम मन्दिर, धार्मिकस्थलसमेत उपेक्षाको सिकार भएको इतिहासविद् भट्टराईले चिन्ता व्यक्त गरे ।

पाँच वर्ष पहिले सदरमुकाम नजिक रानीधारामा रहेको दुईकोठे धर्मशालासमेत भत्काइ घर निर्माण भएकामा सरोकारवालाले कुनै चासो नदेखाएको देखिन्छ । रासस


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter