पारस खड्काको विस्फोटक ब्याटिङले नेपालको शानदार जीत

6 महिना अगाडी

काठमाडौं । कप्तान पारस खड्काको विस्फोटक ब्याटिङको मद्दतले आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत एसियाली छनोट प्रतियोगिताको तेस्रो खेलमा नेपालले कुवेतलाई सात विकेटले पराजित गरेको छ । 
कप्तान पारसले मात्र ४२ बलमा ६८ रन बनाएपछि नेपालसामु कुवेतले पस्केको १ सय ४२ रनको लक्ष्य मात्र १५.५ ओभरमा पछ्यायो । यस क्रममा पारसले ११ चौका र १ छक्का हिर्काए ।
उनलाई शरद भेष्वाकरले राम्रो साथ दिए । भेष्वाकरले संयमित भएर खेल्दै नट आउट रहेर ३० बल ३८ रन बनाए । उनले यस क्रममा चार चौका र एक छक्का हिर्काए ।
त्यस्तै, ज्ञानेन्द्र मल्लले १९ रनको योगदान दिए । यसअघि, टस जितेर नेपालले कुवेतलाई पहिले ब्याटिङको निम्तो दिएको थियो ।
कुवेतले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४१ रन बनायो । कुवेतका लागि कप्तान मुहमद कासिफले सर्वाधिक ४९ रन बनाए । उनले मात्र ३६ बलमा २ चौका र ४ छक्का हिर्काउँदै सो रन बटुलो ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले ३–३ विकेट लिए । सन्दीपले चार ओभर बलिङ गर्दै २१ रन खर्चिए भने रेग्मीले चार ओभरमा २० रन खचिए ।
यता, करन केसीले दुई विकेट लिए भने अविनास बोहराले १ विकेट लिए ।
सिंगापुरमा जारी पाँच देश सम्मिलित प्रतियोगिताको पहिलो खेलमा कमजोर टोली कतारसँग चार विकेटले पराजित भएपछि नेपाललाई ठूलो दबाब परेको थियो । यद्यपि लगातार दुई खेलमा जीत निकाल्दै नेपालले छनोटको गणितिय सम्भावना कायम राखेको छ । छनोट हुन नेपालले बाँकी खेल जित्नै पर्ने दबाब छ ।
राउन्ड रोविन लिगका आधारमा सञ्चालित प्रतियोगिताको शीर्ष टोली आगामी अक्टोबरमा यूएईमा आयोजना हुने ग्लोबल क्वालिफायरमा छनोट हुनेछ ।

 


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

Advertisement
Advertisement

Subscribe our Newsletter