पासाङ ल्हामु शेर्पा विश्वकै प्रेरणाकी स्रोतः प्रधानमन्त्री ओली

4 महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पा विश्वकै साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् । प्रधानमन्त्री ओलीले प्रथम सगरमाथा आरोही महिला पासाङ ल्हामु शेर्पाले सगरमाथाको सफल आरोहण गरेर महिलाहरु पनि कम छैनन् भन्ने दृष्टान्त पेश गरेको उल्लेख गर्दै त्यसबाट प्रेरणा लिएर अन्य क्षेत्रमा अघि बढ्न पनि सबैलाई आग्रह गरे ।
मंगलबार पासाङ ल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ वर्ष पूरा भएको दिनको स्मरण गर्दै काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले पासाङ ल्हामु शेर्पाको स्मृतिलाई दीर्घकालीन बनाउन सरकार तयार रहेको पनि स्पष्ट पारे ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले काठमाडौंको चुच्चेपाटीमा रहेको स्वर्गीय पासाङ ल्हामु शेर्पाको शालिकमा पुष्पगुच्छा समेत अर्पण गरेका थिए ।
आजभन्दा २६ वर्ष अघि पासाङ ल्हामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखर चुम्दै सगरमाथा आरोही महिलाको नयाँ कीर्तिमान कायम राखेकी थिइन् ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter