पुष्पको वैकल्पिक उत्पादनमा जोड दिउः कृषि राज्यमन्त्री

4 महिना अगाडी

काठमाडौें । राजधानीको भृकुटीमण्डपमा शुक्रबारदेखि तीनदिने २२ औं फ्लोरा एक्सपो सुरु भएको छ । प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र कृषि ज्ञान केन्द्र ललितपुरको सहकार्यमा  फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आयोजना गरेको उक्त एक्सपो( महोत्सव) को उदघाट्न संघीय सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका राज्यमन्त्री रामकुमार चौधरी(रोजिना) ले गरेकी थिइन् । एक्सपोको उदघाट्न गर्दै राज्यमन्त्री चौधरीले स्वदेशी पुष्प खेती र व्यवसायले हजारौं सर्वसाधारणलाई रोजगारीको अवसर प्रदान गर्नुका साथै धेरै हदसम्म गरिबी निबारणमा पनि उल्लेखनीय भूमिका खेलेको जानकारी दिइन् । 
राज्यमन्त्री चौधरीले भनिन,‘अब पुष्प क्षेत्रले केही बिशेष अवसरमा आयात हुने पुष्पको दर पूर्ण रुपमा विस्थापित गरेर निर्यात पनि गर्नुपर्छ । यसका लागि राज्यले सकेसम्मको सहयोग उपलब्ध गराउन तयार छ । पुष्प उत्पादन गरेर बिक्री गर्नुका साथै पुष्पको औधोगिकीकरण गरी वैकल्पिक उत्पादन प्राकृतिक इत्र, रंग, मेकअपका सामग्री  तथा आयुर्वेदमा आधारित औषधी पनि उत्पादन गर्नुपर्छ । यसले थप रोजगारीको अवसर सिर्जना गर्न सक्छ ।’
राज्यमन्त्री चौधरीले अपरिहार्य रुपमा कृषि तथा वन मन्त्रालय सहकार्य गरी पुष्प क्षेत्रको विकास र विस्तार गर्न आवश्यक रहेको जानकारी दिइन् । उनले पुष्प क्षेत्रको विकास र विस्तार भएपनि अनुसन्धानतर्फ भने अपेक्षित रुपमा काम हुन नसकेको स्वीकार गरिने । उनले भनिन,‘पुष्प क्षेत्रमा अब अनुसन्धान गर्न अत्यन्त आवश्यक छ, यसका लागि नेपाल कृषि अनुसन्धान परिषद(नार्क) लाई प्रत्येक प्रदेशमा उपस्थिति हुने गरी स्थानीय आवश्यकताको आधारमा बीउको विकास र अनुसन्धान गर्ने काम सुरु गर्न जिम्मा दिइएको छ ।’ मन्त्री चौधरीले किसानको वर्गीकरण गरी निकट समयमै युवा किसान रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको पनि जानकारी दिइन् ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब डा. युवकध्वज जिसीले पुष्प क्षेत्रलाई अहिले प्रादेशिक सरकारअन्तर्गत राखिएको जानकारी दिए । मुलुक संघीय प्रणालीमा गएपछि कृषिका विभिन्न क्षेत्रमा अहिले उत्पादन बृद्धिका लागि सुक्षम रुपमा काम गर्न लागिएको जानकारी गराउँदै सचिब जिसीले भारत वा अन्य मुलुकमा नेपालबाट निर्यात हुने पुष्पमा लाग्ने विभिन्न प्रकारका करसूचीबाट हटाउन अर्थ मन्त्रालयलाई सिफारिश गरिएको जानकारी दिए । मौलिक जातको नेपाली पुष्पको जगेर्ना गर्नुपर्ने जानकारी दिदैं सचिब जिसीले पुष्पमा मुलुकलाई आत्मनिर्भर बनाउन टिस्सु कल्चर र आधुनिक प्रविधिलाई परिचालन गर्नुपर्ने सुझाव दिए ।
उद्योग बाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले नेपालमा वार्षिक दुई सय करोड रुपैयाँको पुष्पको कारोबार हुने गरेको जानकारी गराए । भ्यालेन्टाइन डे, तिहार र जाडो याममा हुने पुष्पको आयात दरलाई विस्थापन गर्न जग्गा, प्रविधि, बीउ र भण्डारणको अभाव रहेको भन्दै श्रेष्ठले खेर गइरहेको र बाँझो अवस्थामा रहेका २५ सयदेखि ३५ सय उचाईको जग्गा सहुलियत दरमा भाडामा राज्यले उपलब्ध गराउन सके यो क्षेत्रले वार्षिक १० अर्बभन्दा बढी मूल्यको कारोबार गर्न सक्ने सुझाव दिए । श्रेष्ठले पुष्प व्यवसायी तथा किसानलाई कम्तिमा १० हजार रोपनी जग्गा उपलब्ध गराउनुपर्ने औल्याए । 
प्रदेश नम्बर ३ सरकारअन्तर्गतको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका निमित्त सचिब निर्मल गदालले आफ्नो मन्त्रालयले पुष्प खेती र व्यवसायलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए । पुष्प क्षेत्रलाई प्रवद्र्धन गर्न प्रादेशिक मन्त्रालयले पुष्प प्रवद्र्धन नीति तयार पार्नुका साथै चालु आर्थिक बर्षमा कार्यक्रम र बजेटसमेत बिनियोजन गरिएको गदालले जानकारी दिए ।


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter