पेट्रोल डिजेलको मूल्यका कारण फ्रान्समा आगजनी

2 महिना अगाडी

एजेन्सी । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा फ्रान्सको राजधानी पेरिसमा थुप्रै घण्टासम्म प्रदर्शन भएको छ । प्रदर्शनकारीले आगजनीसमेत गरेका छन् । पुलिस र प्रदर्शनकारीबीच झडप भएको छ जसमा कम्तीमा एक सय १० घाइते भएका छन् भने दुई सय ६० भन्दा बढीलाई पक्राउ गरिएको छ । आगजनी गरिरहेका प्रदर्शनकारीलाई पुलिसले अश्रु ग्यास, स्टन ग्रेनेड र पानीको फोहोरा प्रहार गरेको छ ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यमा पछिल्लो १२ महिनामा २३ प्रतिशतको बढोत्तरी भएको छ । वैश्विक स्तरमा तेलको मूल्यमा उतार चढाव भइरहेको छ तर फ्रान्समा भने मूल्य वृद्धि पछि कम भएको छैन ।
राष्ट्रपति इम्यानुएल म्याक्रोंको सरकारले हाइड्रोकार्बन ट्याक्स बढाएका कारण यस्तो भएको बताइन्छ ।
पेरिसमा शनिबार भएको प्रदर्शन जी २० सम्मेलनमा पनि गुञ्जिएको बीबीसीले बताएको छ । म्याक्रोंले पेरिसमा भइरहेको प्रदर्शनलाई अनुचित बताएका छन् ।
फ्रान्समा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा यसअघि नोभेम्बर १७ मा देशव्यापी प्रदर्शन भएको थियो । त्यतिबेला लगभग तीन लाख मानिस सडकमा उत्रिएका थिए ।
त्यसपछि सोसल मिडियामा राष्ट्रपति म्याक्रोंको आर्थिक नीतिको आलोचना बढ्दै गयो र विरोध प्रदर्शनको धार तिखो हुँदै गयो ।


Advertisement

Advertisement

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

पुरुषसँग प्रतिस्पर्धा गर्न मज्जा हुन्छः रुक्मिणी सेढाई

काठमाडौं । रुक्मिणी सेढाईले जहाँ हात हाल्छिन् त्यहाँ सफलता पाएकै हुन्छिन् । निडर, कर्मठ र संघर्षले नै उनी आफू सफल...

किवानिज एसिया प्यासिफिक २०२० नेपालमा हुने

मलेसिया । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था किवानिज इन्टरनेशनलको एसिया प्यासिफिक...

राज्य जनताको अभिभावक हुनु पर्छ, अधिनायकवादी होइनः सांसद श्रेष्ठ

काठमाडौँ, २०७५ भाद्र २८ गते । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा प्रतिनिसिभाका सदस्य माननीय राजेन्द्र...

काँगे्रस सुध्रिन पहिले काँगे्रसी सुध्रिनु जरुरीः राठौर

गुलरिया । नेपाली काँगे्रसका केन्द्रीय सदस्य किशोरसिंह राठौरले काँगे्रस सुध्रिनु पहिले काँगे्रसी सुध्रिन...

Advertisement
Advertisement

Subscribe our Newsletter