बाबुकाजी श्रेष्ठ
भक्तपुर– । नेपालमा पनि बढ्दो कोरोना भाइरसको प्रभावलाई ध्यानमा राखी सामाजिक दूरी र अपनाउनु पर्ने उपायहरु अवलम्बन गरी नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय कार्यक्रम पैरवी समूहको अभिमुखीकरण तथा वैठक कार्यक्रम स्थानीय अजिमा पार्टी महल भक्तपुर सम्पन्न भयो । नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाका सभापति राम सिख्वःको सभापतित्वमा भएको उक्त कार्यक्रम औषधी सेवन गरिरहेको र निको भएका क्षयरोगी विरामी ५० जना सहभागी रहेको थियो ।
कार्यक्रममा प्रशिक्षक सुरेश प्रधानले क्षयरोग, चुनौति, समस्या र अधिकारका बारेमा प्रशिक्षण दिुनु भएको थियो । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस अर्थात कोभिड–१९ ले क्षयरोगी विरामीहरुलाई पारेको असर र चुनौतीलगायत संस्थाको गतिविधि बारे संस्थाका सभापति राम सिख्वःले प्रशिक्षण दिनुभयो । कार्यक्रममा ८ सदस्यी पैरवी समूह गठन गरेको थियो । उक्त समूहमा संयोजक विनोद पुरी र सदस्यहरुमा प्रखिप लाखे, शनीमैंया वैद्य, सुनिल माकः, श्याम कपाली, प्रिया लाखे र नविना दुवाल रहेको संस्थाका कार्यालय सचिव सिहण्य प्रताप सांगामीले बताउनुभयो । पैरवी समूह गठन पश्चात आगामी कार्यक्रम समेत निर्धारण गरिएको थियो भने उक्त कार्यक्रमलाई संस्थाको तर्फबाट निरीक्षण गरी प्रतिवेदन पेश गरिएको संस्थाका उपसभापति विष्णु न्हिसुतुले जानकारी दिनुभयो ।