प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउन प्रलेसः खेम थपलिया

2019-01-31

रसुवा । प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं ३ का इन्चार्ज खेम थपलियाले प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउन प्रलेसको आवश्यकता रहेको कुरा बताउनुभएको छ । 
रसुवा जिल्लाको कालिकास्थानमा अवस्थित भूमिघरमा आयोजित प्रगतिशील लेखक सङ्घ, रसुवाको तेस्रो जिल्ला सम्मेलनमा प्रमुख अतिथिको रूपमा बोल्नु हुँदै उहाँले उक्त कुरा बताउनुभएको हो । केन्द्रीय उपाध्यक्ष खेम थपलियाले प्रगतिशील लेखक सङ्घ सबै वामपन्थी तथा प्रगतिशील लेखक तथा साहित्यकारहरूको साझा मोर्चा भएकाले यसलाई साझा थलोकै रूपमा विकास र संरक्षण गर्दै लैजानुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “लेख्ने कलाको विकास गर्न र आफ्नो विचारहरूलाई तल्ला तहसम्म पु¥याउन र वामपन्थी तथा प्रगतिशील विचारलाई भुइँतहसम्म पु¥याउनको लागि यो सङ्घले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो प्रक्रियालाई अझ निरन्तरता र तीव्रता दिन आवश्यक छ । यसैले रसुवा जिल्लामा पनि क्रियाशील रूपमा अघि बढ्नको सङ्घले विभिन्न गतिविधिहरू नियमित रूपमा गरिरहन आवश्यक छ ।” इतिहासको एउटा कालखण्डमा एउटा आवश्यकताले प्रलेसलाई श्यामप्रसाद शर्माहरूको पहलमा २००९ सालमा वीरगञ्जमा स्थापना भएको उल्लेख गर्दै उहाँले प्रलेस सबै प्रगतिशीलहरू लेखक साहित्यकारहरूलाई जोड्ने पुल भएको बताउनुभयो ।
सम्मेलनमा बोल्दै माधव लामिछानेले रसुवा जिल्लामा विचार, सूचना आदान–प्रदान गर्नका लागि सञ्चार–माध्यमको अभाव खट्किएको बताउनुभयो । उहाँले भन्नुभयो, “विभिन्न समयमा प्रकाशनमा आएका साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकाहरू पनि आर्थिक अभावको कारण नियमित हुन सकेनन् । यसले गर्दा जिल्लाका जनता सूचना पाउने अधिकारबाट समेत बञ्चित हुनपुगेका छन् ।” लामिछानेले भन्नुभयो, “जिल्लाका नेतृत्वले पनि प्रगतिशील लेखक सङ्घलाई क्रियाशील गर्ने र राजनीतिक विचार जनतासामू पु¥याउनका लागि विभिन्न प्रकाशनका लागि सहयोग गर्न आवश्यक छ ।” सम्मेलनमा प्रगतिशील लेखक सङ्घ, नुवाकोटका अध्यक्ष नवदीप अजनवी, साहित्यकार धर्तिचन्द्र यात्री,  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य रामकुमार न्यौपाने, अनेरास्ववियुका अध्यक्ष अर्जुन पौडेल पनि शुभकामना मन्तव्य राखेका थिए । सम्मेलनमा स्वागत मन्तव्य राजेन्द्रले पौडेलको राख्नुभएको थियो । 
सम्मेलनले अध्यक्ष उद्धव रिजालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन पारित गर्दै उद्धव रिजालको अध्यक्षतमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ । सम्मेलनले उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः राजेन्द्र पौडेल, विश्वास नेपाली, शुष्मा न्यौपाने चयन गरेको छ भने सदस्यहरूमा क्रमशः हेमनाथ खतिवडा, शिशिरकुमार न्यौपाने, नारायणप्रसाद देवकोटा, तारानाथ न्यौपाने, कविता स्याङ्वा, जयराम आचार्य रहनुभएको छ । सम्मेलनले माधव अर्याल, इन्द्र गौतम, माधव लामिछाने, चेरुङ र धर्तिचन्द्र यात्री रहनुभएो सल्लाहकार समिति निर्माण गर्दै ११ औँ केन्द्रीय सम्मेलनको लागि नारायणप्रसाद देवकोटा, भगवती न्यौपाने, हेमनाथ खतिवडा, विश्वास नेपाली, जयराम आचार्य, शिशिर न्यौपाने, राजेन्द्र पौडेल र शुष्मा न्यौपाने केन्द्रीय प्रतिनिधिको छनौट पनि गरेको छन् ।
प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश नं.३ का इन्चार्ज खेम थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रसुवाका सचिव माधव लामिछाने रहनुभएको थियो । कार्यक्रममा प्रगतिशील लेखक सङ्घ, नुवाकोटका अध्यक्ष नवदीप अजनवी, सचिव रामहरि गजुरेल, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) जिल्ला समिति सदस्य एवम् नौकुण्ड गाउँपालिका सचिव रामकुमार न्यौपाने, कालिका गाउँपालिका इन्जार्च अर्जुन देवकोटालगायत सहभागी थिए ।

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter