प्रतिदिन १७ जनासँग सहवास

5 महिना अगाडी

काठमाडौंँ । उपत्यकामा सञ्चालित रात्रिकालीन मनोरञ्जन क्षेत्रमा कार्यरत एक महिला श्रमिकले प्रतिदिन १७ जना ग्राहकसँग शारीरिक सम्वन्ध राख्ने गरेको पाइएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्वर–३२ कोटेश्वर क्षेत्रमा सञ्चालित होटल, गेष्टहाउस, डान्स, दोहोरी, क्याविन र खाजाघरमा कार्यरत श्रमिक महिलाका बारेमा गरिएको अध्ययनले यस्तो तथ्य उजागर गरेको हो ।
अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै अनुसन्धानकर्ता बुद्धिकुमार श्रेष्ठले मनोरञ्जनक्षेत्रमा कार्यरत श्रमिक महिला, किशोरकिशोरी र बालबालिकाको अवस्था निकै दयनीय र कारुणिक रहेको बताए।
कामनपा वडा नम्वर–३२ मा सञ्चालित ५५ वटा ब्यवसायमा कार्यरत एक सय जना महिला तथा बालबालिकालाई लक्षित गरी अध्ययन गरिएको थियो ।
कुल २९४ जना श्रमिक मध्ये ६५ प्रतिशत आदिवासी जनजाति, ३२ प्रतिशत क्षेत्री–बाहुन र तीन प्रतिशत दलित छन् । १५ वर्षमुनिकै उमेरमा काम खोज्न आउनेको संख्या ३२ प्रतिशत छ । आर्थिक अवस्था, पारिवारिक समस्या र साथीसङ्गीको लहडमा शहरमा पस्ने युवतीको पहिलो छनोटमा रेष्टुराँ तथा होटल ब्यवसाय हुने गरेको पाइएको छ ।
भट्टीका रूपमा परिचित खाजाघरबाट क्याविन, होटल र गेष्टहाउस हँुदै उनीहरू डिस्कोसम्म पुग्छन् । यसक्षेत्रमा कार्यरत ३७ प्रतिशत महिलाले अबैध र असुरक्षित सम्वन्धका कारण जन्मेको बच्चाकोे बाबुसमेत भन्न नसक्ने गरेको अध्ययनले देखाएको छ । यस्ता महिलाले दैनिक १६ घण्टा काम गरे पनि मासिक १० हजार रुपियाँको हाराहारीमात्र तलव पाउने गरेको अध्ययनले देखाएको छ ।
राष्ट्रिय महिला आयोगका सचिव अनिलकुमार ठाकुरले गैरसरकारी संघसंस्थासँगको सहकार्यमा महिलामाथि हुने सबै किसिमका हिंसा नियन्त्रण कार्यमा केही सहज भइरहेको बताउनुभयो । छोरी संस्थाका प्रमुख हीरा दाहालले मनोरञ्जन क्षेत्रलाई ब्यवस्थित, मर्यादित र हिंसामुक्त बनाउन कानुन कार्यान्वयनमा कडाइ गर्न आवश्यक रहेको बताए ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त लामाले काठमाडौंमा सञ्चालित कतिपय डिस्को, क्याविन, मसाज पार्लर आदिमा देहव्यापार हुने गरेको बताउँदै तिनमा बेलाबखत छापा मार्ने गरेको जानकारी दिए ।


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter