प्रत्यक्ष निर्वाचन पुरुषहरुको दाइजो होइन: मन्त्री अर्याल

8 महिना अगाडी

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले प्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो नभएको बताउनुभएको छ । ूसमृद्ध नेपालका लागि सशक्त महिलाू भन्ने नारा सहित काठमाडौंमा आयोजित पैरवी अभियानको शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । 
मन्त्री अर्यालले अब महिलाहरूले पनि प्रत्यक्ष निर्वाचन लड्नसक्नेगरी क्षमता विकास गरीसकेको भन्दै महिलालाई समानुपातिक निर्वाचन प्रणालीमा मात्रै सिमित राख्न नहुने बताउनुभयो । महिलाहरु राजनीतिक हिसाबले, सामाजिक तथा आर्थिक हिसाबले सशक्तिकरण भइसकेको भन्दै उहाँले बराबरी गरेर निर्वाचन लड्नका निम्ती पहल गर्नुपर्ने बताउनुभयो । ुप्रत्यक्ष निर्वाचन पुरुषहरूको दाइजो होइन । अब हरेक ठाउँमा महिलाले हस्तक्षेप गर्ने होु, मन्त्री अर्यालले भन्नुभयो, ुमहिला कमजोर हुन्छ भन्ने कुरा गलत हो । समानुपातिकमा जति सबै महिलाको चान्स छ र प्रत्यक्षमा पनि सबै महिलाको चान्स छ भनेर निर्वाचन प्रणालीमा पनि छलफल गर्नुपर्छ ।ु
महिला भनेको समानुपातिकतिर जाउ सजिलो हुन्छ भन्ने मान्यता त्याग्नुपर्ने बताउदै उहाँले समानुपातिकमा पनि र प्रत्यक्षमा पनि आधाआधी महिलापुरुष भएर चुनाव लड्नुपर्ने औल्याउनुभयो । 
र त्यसका लागि जनताले विश्वास गर्ने बाताबरण बन्दै गएको समेत बताउनुभयो । 
सविधानमा वंश र अंशको कुरा लेख्ने नेपाल दोस्रो मुलुक भएको भन्दै उहाँले अब कार्यान्वयन गर्नतिर लाग्न आवश्यक रहेको बताउनुभयो । महिलाका प्रगतिका तगाराहरु बिस्तारै पन्छिदै गएको भन्दै मन्त्री अर्यालले कानुनी हिसाबले महिलाहरु अब विभेदमा छन् भनिरहनुपर्ने अवस्था नरहेको बताउनुभयो । 
राजनीतिक पार्टीका महिला अगुवा र विभिन्न संघसंस्थामा काम गरेका महिलाहरुको अभियानका कारण महिलाका निम्ति आजको स्थिति बनेको भन्दै उहाँले राजनीतिक पार्टीका महिलाले सात दशकदेखि लामो संघर्ष र बहुदल पछाडिका दिनमा सामाजिक संघसंस्था खोलेर विभिन्न मोर्चाहरुले गरेको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो । 
छोटो समयमा नेपाली महिलाहरूले राम्रो फड्को मार्दै गइरहेको भन्दै मन्त्री अर्यालले नीतिगत रुपमा हामीले नीति बनाएर बलियो भएपनि त्यो नीतिलाई कार्यान्वयन गर्दा अझ बढी ध्यान दिनुपर्ने बताउनुभयो । 
नीति नभएको भए आज स्थानीय तहमा ४१५ महिलाको उपस्थिति हुन सक्ने अवस्था नरहने भन्दै उहाँले अब आर्थिक सशक्तीकरणमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ुआर्थिक रुपमा सफल नभइकन महिलाले कुनैपनि क्षेत्रमा स्वतन्त्रता प्राप्त गर्दैन । अबको दिशा भनेको आर्थिक सशक्तीकरणकै दिशा हो । उद्यमी बन्ने, उत्पादनमा लाग्ने हो ।ु
मन्त्री अर्यालले अब सहकारीमार्फत उत्पादनमा लागेर महिलाहरू उद्यमी बन्नुपर्नेमा जोड दिनुभयो । जम्मा सहकारीमध्ये ५२५ महिला सदस्य रहेको भन्दै उत्पादनमा लाग्नका निम्ती भएका सहकारीका कानुनी अप्ठ्यारालाई थप सहज बनाएर बातावरण सहज बनाउने काम गरिएको बताउनुभयो । 
महिलाले आटेमा अगाडि बढ्न सकिन्छ भन्ने उदाहरण प्रशस्तै भएको भन्दै अब सीप सिकाउने, टिकाउने र बिकाउने कसरी भन्नेतर्फ ध्यान दिन आग्रह समेत गर्नुभयो । 
आत्मविश्वास बढाउनका निम्ति भएपनि महिलालाई आर्थिक रुपमा सशक्त बनाउ आवश्यक रहेको भन्दै उहाँले काम गर्नका निम्ती अहिले कानुनी बाधा नरहेको बताउनुभयो । 
कार्यक्रममा नेपाली कांग्रेसका नेता डा। मिनेन्द्र रिजालले हरेक तहमा एक तिहाइ महिला नेपाली कांग्रेसले सुनिश्चित गरेको बताउनुभयो । त्यो अभियानमा आफुले पनि भूमिका निर्वाह गरेको भन्दै नेता रिजालले राजनीतिक अधिकारका लागि लड्नु महिलाहरुलाई आग्रह गर्नुभयो । तर महिलाको आर्थिक सशक्तीकरणका लागि हानी हुनेगरी भने लाग्न नहुने बताउनुभयो । 
१०० जना महिला नेताहरुले शुरुआत गरेको यो अभियान अहिले सबै सरकारी तथा गैरसरकारी संस्था एवं सरोकारवालाको साझा अभियान बनिसकेको छ । 

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter