प्रधानमन्त्रीज्यू ? मिचिएको भूमि कहिले फिर्ता हुन्छ ?

1 महिना अगाडी

रमेश कुमार बोहोरा
काठमाडौं । भारतले नेपालको सीमा मिचेको भूभागको नक्सा समेटेर बुधबार नयाँ नक्शा सार्वजनिक गरेको छ ।
सरकारले अब नेपालको नयाँ भूभागमा कहिलेदेखि भोगचलन गर्न पाउँछ भन्ने प्रश्न गम्भीर बनेको छ । केही दिनअघि मन्त्रिपरिषद्को बैठकले नक्शा सार्वजनिक गर्ने निर्णय गरेको थियो । नेपालको कालापनी, लिपुलेक र लिम्पियाधुरासमेत समावेश गरेर नयाँ नक्शा प्रकाशित गरेपनि भूमि कहिलेदेखि नेपालले प्रयोग गर्न पाउने भन्ने टुंगो छैन । सरकारले चाँडै भूमि पनि फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओलीले दावी गरिरहेका छन् । भारतले गत कार्तिक १६ गते नेपालको भूमि समेटेर राजनीतिक नक्शा सार्वजनिक गरेपछि भारतको विरोध हुँदै आएको थियो । भारत सरकारले नेपालको कदमप्रति आपत्ति जनाएको छ । भारतको विदेश मन्त्रालयले नेपालले  चालेको कदमप्रति असहमति मात्र जनाएन, यसरी नै अघि बढ्न खोजे थप समस्या पर्ने चेतावनी समेत दिएको छ ।
अहिले नेपालको भूमि भनिएको यो जमिन भारतले पनि आफ्नो नक्सामा राखेकाले भारतले यो जमिन छोड्छ कि छोड्दैन भन्ने विषय पनि प्रमुख रुपमा समस्या बनेको छ । अन्य देशले पनि यसलाई नजिकबाट नियालिरहेका छन् । संविधान बने पनि भारतले असन्तुष्टि जनाउँदै गरेको नाकाबन्दीको विरुद्धमा बोलेर चर्चा कमाएका ओलीलाई अहिले यो अवसर भएको छ । नक्सा मात्र होइन, जमिन नै फिर्ता लिएर भोगचलन गर्न शुरु गराउन सके भने उनको राजनीतिक उचाई आगामी दिनमा थप बढ्ने छ । नाकाबन्दीको विरुद्धमा ओली बोलिरहँदा नेपाली काँग्रेस भने चुपचाप बसेको थियो । ओलीले यसैलाई एजेण्डा बनाएर प्रतिनिधिसभाको यो निर्वाचनमा अत्याधिक मत लिन सफल भए । यो विषय पनि अहिले उनका लागि एउटा राम्रो अवसर बनेको छ । तर, भारतसँग दुश्मनी किन गर्ने भन्दै उनी चुपचाप बस्ने हो भने यो विवाद अझै बल्झने खतरा छ । नेपाल र नेपाली जनताको हित चिताउँदै सरकारले यो बेला कडा कदम चाल्नु पर्ने खाँचो छ । 
आफूलाई राष्ट्रवादी भनाउने प्रधानमन्त्री ओलीले भारतसँग थप छलफल र वार्ताको माध्यमबाट सिमा विवाद मिलाउन सकने सरकारको पक्षमा पनि मानिसहरुको लहर लाग्ने छ । तर, गफ मात्र गर्ने काम नगर्ने हो भने अनेकन टिकाटिप्पणी झेलि रहनु पर्ने छ ।
(लेखक आलोचना साप्ताहिकका कार्यकारी सम्पादक हुन् )


Advertisement

Advertisement
थप खबर...

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

Advertisement
Advertisement

Subscribe our Newsletter