प्रधानमन्त्री ओलीद्वारा सिरुवा पर्वको शुभकामना

3 महिना अगाडी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व नेपालको झापा, मोरङ र सुनसरीमा मनाइने सिरुवा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारी गर्दै पूर्वी नेपालको झापा, मोरङ र सुनसरी जिल्लामा बसोबास गर्ने राजवंशी, ताजपुरिया, थारु, गनगाईं, माझीलगायतका जातजातीहरुले मनाउने सिरुवा पर्वका अवसरमा स्वदेश तथा विदेशमा बसोबास गर्ने त्यस समुदायका दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।
शुभकामना सन्देशमा प्रधानमन्त्रीले नेपाली मौलिक चाडपर्वलाई मितव्ययी ढंगले मनाउनुपर्ने बताउँदै सबै जातिका मौलिक परम्पराको संरक्षण गर्न सरकार सकारात्मक रहेको उल्लेख गर्नुभएको छ । “नेपाल बहुभाषिक, बहुजातीय, बहुसाँस्कृतिक देश हो । यस देशमाबसोबास गर्ने विविध जातीहरुले मनाउने विविध प्रकारका चाडपर्वहरुले आपसमा सदभावको सन्देश प्रवाह गरेका छन् । अहिले मानिसहरु एक समुदायको चाड पर्वमा अर्को समुदायपनि सहभागी भएर आत्मियता र एकता दर्शाउने गरेका छन्,” शुभकामना सन्देशमा भनिएको छ, “त्यसकारण नेपालीहरुलाई विविधता भित्र एकतमा बाँध्ने एउटा महत्वपूर्ण सुत्र यस्तै चाडपर्वहरु पनि हुन् । हामीले यस प्रकारका चाडपर्वको मौलिकतालाई जोगाउँदै मितव्ययी ढंगले मनाउनु पर्दछ ।”

नयाँ वर्षको रुपमा मनाइने सिरुवापर्व तीनदिन सम्म मनाउने चलन छ । नयाँ वर्षको पहिलो दिन अर्थात् वैशाख १ गते आपसमा पानी छ्यापाछ्याप गरेर पानी सिरुवा मनाइन्छ भने दोस्रो दिन हिलो छ्यापेर कादो सिरुवा मनाउने गरिन्छ । तेस्रो दिनआपसमा  रंग दलेर रंग सिरुवा मनाउने गरिन्छ । यी तीन दिनमध्ये दोस्रो अर्थात कादो सिरुवा लोकप्रिय मानिन्छ ।

 


Advertisement

Advertisement

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter