प्रधानमन्त्री कपको उपाधि पुलिस क्लबलाई

1 महिना अगाडी

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो संस्करणको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि हासिल गरेको छ । 
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको फाइनलमा मञ्जित श्रेष्ठको नेतृत्वमा रहेको पुलिसले विनोद भण्डारीले कप्तानी गरेको आर्मीलाई चार विकेटले पराजित गर्दै प्रधानमन्त्री कपमा पहिलो पटक उपाधि हासिल गर्न सफल भयो । उपाधिसहित पुलिसले रु २० लाख प्राप्त गरेको छ ।
यसअघि दुई विभागीय टोली पुलिस र आर्मी उक्त प्रतियोगिताको पहिलो संस्करणमा संयुक्त विजेता बनेको थिए । वर्षाका कारण फाइनल खेल रद्द भएपछि दुवैले ट्रफी बाडेका थिए । त्यस्तै दोस्रो संस्करणको उक्त प्रतियोगितामा पुलिस सेमिफाइनलमा पराजित भएको थियो भने आर्मी फाइनलमा अर्कोे विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग पराजित भएको थियो ।
 प्रतियोगिताको तीनै संस्करणसम्मको खेलमा फाइनल पुगेको आर्मी उपाधिविहीन बन्यो । हारसँगै उपविजेतामा चित्त बुझाएको आर्मीले रु दश लाख पायो । टस जितेर पहिले ब्याटिङ थालेको आर्मीले पुलिसलाई १२६ रनको सामान्य लक्ष्य दिएको थियो । सो विजय लक्ष्य बोकेर मैदानमा उत्रेको पुलिसले ४०।३ ओभरमा छ विकेट गुमाएर भेटायो ।
पुलिसको जीतमा अमित श्रेष्ठले ४० बल खेल्दै दुई छक्का र छ चौकाको  मद्दतले सर्वाधिक ४४ रन बनाए । त्यसैगरी सुनिल धमालाले अविजित ४२ रन जोड्दा कप्तान मञ्जितले अविजित ११ रन जोडे । बलिङतर्फ आर्मीका करण केसीले व्यक्तिगत तीन विकेट लिए । त्यस्तै शाहव आलमले दुई विकेट लिँदा सुसन भारीले एक विकेट हात पारे ।  
त्यसअघि पहिले ब्याटिङ गरेको आर्मीको शुरुआत उत्कृष्ट भए पनि त्यसलाई निरन्तरता दिन नसकेपछि हार बेहार्न बाध्य बन्यो । आर्मी ३३।३ ओभरमा सबै विकेट गुमाउँदै १२५ रनमा समेटियो । शुरुआती ब्याट्सम्यान सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि १५।५ ओभरमा ७२ रनको साझेदारी गर्दै ठूलो योगफलको सम्भावना देखाएका थिए । तर ललित नारायण राजवंशीले सोमपाललाई पवन सरार्फबाट क्याच आउट गर्दै ३५ रनमा पेभिलिएन फर्काएपछि आर्मीको खेलको स्तर खस्किएको थियो ।
 सोमपालले ४० बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ३५ रन बनाएका थिए । त्यस्तै राजु रिजालले ३२, भीम सार्कीले २० तथा रोहित पौडेलले १८ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । मध्यक्रमका कुनै पनि ब्याट्सम्यानले जिम्मेवार भएर नखेल्दा आर्मी सस्तैमा समेटिन पुगेको थियो । आर्मीलाई सस्तैमा समेट्ने क्रममा पुलिसका ललित राजवंशी र पवन शर्राफले समान चार÷चार विकेट लिए भने सागर ढकालले एक विकेट हात पारे । 
 समूह चरणको खेलमा पनि पुलिसले आर्मीलाई ५० रनले पराजित गरेको थियो । त्यस्तै यस संस्करणको प्रतियोगितामा पुलिस र आर्मी एउटै समूहबाट फाइनलमा पुगेका थिए । समूह बी मा रहेको पुलिस समूह चरणमा अपराजित रहँदै सेमिफाइनल पुगेको थियो । पुलिसले सेमिफाइनलमा साविक विजेता एपिएफलाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्र तय गरेको थियो । उता समूह चरणमा पुलिससँग मात्र हार बेहोरेको आर्मीले सेमिफाइनलमा प्रदेश नं ३ लाई ११७ रनले पराजित गरेको थियो ।
राष्ट्रिय खेलकूद परिषद् (राखेप) को आयोजना तथा नेपालय इन्टरनेशनल प्रालिको सहकार्यमा भएको उक्त प्रतियोगिता यही जेठ १० गतेदेखि शुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोलीको सहभागिता थियो । समूह ए मा एपीएफ, प्रदेश ५, प्रदेश ३, सुदूरपश्चिम र गण्डकी थिए भने  समूह बी मा त्रिभुवन आर्मी, नेपाल पुलिस, प्रदेश २, प्रदेश १ र कर्णाली प्रदेश सहभागी थिए । 

Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

सिस्टम नहुँदा नेपालमा समस्या छ–श्रेष्ठ

काठमाडौं, बैशाख १ गते । जापानमा बसोबास गर्दै आएका नेपाली अधिवक्ता बलराम श्रेष्ठले नेपालमा सिस्टम नहुँदा समस्या...

Advertisement
Advertisement

Subscribe our Newsletter