प्रलेसको ‘रूपान्तरणका लागि कविता’

2018-12-09

काठमाडौं । देश, वर्तमान सरकार तथा नेपाली समाजको समसामयिक विषयमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वरहरू बुलन्द गरेका छन् । प्रगतिशील लेखक सङ्घ, नेपालको ३ नं. प्रादेशिक समितिको आयोजनामा भएको ‘रूपान्तरणका कविता’ विशेष कविगोष्ठीमा प्रगतिशील कविहरूले आ–आफ्ना कविताका स्वर बुलन्द गरेका हुन् । 
कार्यकायक्रम प्रमुख अतिथि हुनुहुन्थ्यो— कवि, समालोचक तथा प्रलेसका केन्द्रीय सल्लाहकार डा. हेमनाथ पौडेल । उहाँले सो कार्यक्रममा वाचित कविताहरूको समीक्षा गर्दै वाचित कविताहरू निकै सशक्त र सुन्दर भएको बताउनुभयो । साथै, प्रमुख अतिथिको रूपमा बोल्दै उहाँले प्रगतिवादी कविहरूमा आलोचनाको स्वर हुनैपर्ने कुरामा जोड दिनुभएको थियो । आलोचनात्मक स्वर भएका स्रष्टाहरूले प्रलेसजस्ता संस्थाको रक्षा हुने कुरामा पनि उहाँको जोड थियो ।
प्रलेस ३ द्वारा आयोजित ‘रूपान्तरणका लागि कविता’ कार्यक्रममा राजनीतिक विशलेषक तथा बुद्धिजीवी नरेन्द्रजंग पिटरले आजका कविका कविताहरू तोप बन्न सक्नुपर्ने कुरामा जोड दिंदै कविताजस्तै कविका जीवन हुनुपर्ने कुरामा उहाँको जोड थियो । प्रगतिशील लेखक सङ्घका महासचिव आरएम डङ्गोलले प्रलेसको गतिविधिमाथि सङ्क्षिप्त प्रकाश पार्दै प्रलेस निरन्तर अग्रगामीमा दिशामा नै हिंडिरहेको कुरा बताउनुभएको थियो ।
‘रूपान्तरणका लािग कविता’ कार्यक्रममा बलराम तिमिल्सना, आनन्दराम पौडेल, पुण्य गौतम, शोभा दुलाल, राममणि पोखरेल, कृष्णहरि भट्ट, चिरञ्जीवी ढकालसमेतको आतिथ्यता रहेको काठमाडौंको अनामनगरमा अवस्थित ‘रूपान्तरणका लागि कविता’ स्रष्टा–द्रष्टाद्वारा खचाखच भरिएको उक्त कार्यक्रममा अशोक कुँवर ‘नेत्र’, संगीता पनेरु, कौशिला रिसाल, छायादत्त न्यौपाने, मिसन अधिकारी, गौरी देवकोटा, युवराज नास्तिक, ढुण्डीराज अधिकारी, भीम क्षेत्री, सुमनराज श्रेष्ठ, केबी गाउँले, कृष्णहरि भट्ट, मनोहर लामिछाने, पुण्य गौतम ‘विश्वास, आनन्दराम पौडेल, शोभा दुलाल,, बलराम तिमिल्सना, प्रेमिला राई, मुक्तान थेवा, गोविन्द आचार्य, मनु विक, बिन्दु अधिकारी ढकाल, शेखर अर्याल, धनबहादुर मगर, वीरेन्द्र लोहार, नीलिमा पुन, आरएम डङ्गोल, आरसी न्यौपानेलगायत कविहरूले आ–आफ्ना सशक्त कविता वाचन गरेका थिए । 
‘रूपान्तरणका लािग कविता’ कार्यक्रमको अध्यक्षता प्रगतिशील लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष तथा ३ नं. प्रादेशिक समितिका इन्चार्ज एवम् संयोजक खेम थपलियाले गर्नुभएको थियो भने सञ्चालनको जिम्मेवारी प्रलेसका सचिवालय सदस्य आरसी न्यौपानेले सम्हाल्नुभएको थियो ।  

 


Advertisement

Advertisement

भीम रावल उपप्रधानमन्त्रीसहित कावा प्रम बन्ने सम्भावना

काठमाडौं । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आगामी केही दिनमै मन्त्रिपरिषद् परिवर्तन गर्ने तयारी...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

कोरोना भाइरसः घर फर्किए क्वारेन्टाइनमा बसेका १७५ नेपाली

भक्तपुर । चीनको वुहानबाट उद्दार गरेर भक्तपुरमा राखिएका नेपाली विद्यार्थीहरु १६ दिनपछि सोमबार घर फर्किएका छन्...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

Advertisement
Advertisement

Subscribe our Newsletter