प्रलेसलाई नयाँ कार्यशैलीसहित तिखार्न आवश्यकः खेम थपलिया

8 महिना अगाडी

हेटौंडा । प्रगतिशील लेखक सङ्घ, मकवानपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । प्रगतिशील लेखक सङ्घ, मकवानपुरका अध्यक्ष पुरुषोत्तम आचार्यको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख अतिथि प्रलेसका केन्द्रीय उपाध्यक्ष एवम् ३ नं. प्रदेश इन्चार्ज खेम थपलियाले मनैबत्ती बालेर उद्घाटन गर्नुभएको थियो । सम्मेलनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि थपलियाले सत्ताधारीलाई सदैव खबरदारी गर्नु, विकृति–विसङ्तिका विरुद्ध आवाज उठाउनु तथा अग्रगामी मार्ग अवलम्बन गर्नु प्रगतिशील लेखक तथा संस्कृतिकर्मीहरूको दायित्व रहेको बताउनुभयो । प्रगतिशील लेखक सङ्घ पुरानो संस्था भए पनि यसका केही कमजोरीको कारण यसको उद्देश्य जति काम गर्न नसकेको भन्दै प्रमुख अतिथि थपलियाले अब नयाँ कार्यशैलीसहित विचार र कामलाई तिखार्न जरुरी रहेको विचार राख्नुभयो । प्रगतिशील लेखक सङ्घ अहिले विभिन्न समस्यासित जुधिरहेको बताउनुहुँदै प्रमुख अतिथि खेम थपलियाले प्रगतिशील स्रष्टाहरू पद–प्रतिष्ठातिर नभई जनतातर्फ फर्किंदा धेरै समस्या समाधान हुने कुरामा पनि जोड दिनुभएको थियो । कार्यक्रममा प्रलेसका केन्द्रीय सदस्य निमेष निखिल, ३ न. प्रदेश सांसद प्रेम बहादुर पुलामी, हेटौंडा उपमहानगरपालिका ४ नं. वडा अध्यक्ष नवीन सिग्देल, सङ्घका पूर्व अध्यक्ष सम्राट तुम्बाहाङ्फे, जिल्ला सल्लाहकारहरू कौशल पाण्डे, उमाकान्त आचार्य एवम अतिथिहरू ऋषिराम पोख्रेल, तुलसी घिमिरेलगायतकाले शुभकामना व्यक्त गर्नुभएको थियो । हेटौंडा क्याम्पसको सभाकक्षमा आयोजित सम्मेलन सत्रमा अध्यक्ष पुरुषोत्तम आचार्यले संस्थाले गरेको कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष नानीमैया विष्टले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सातौँ जिल्ला सम्मेलनले शान्तिप्रिय बन्दनाको नेतृत्वमा प्रगतिशील लेखक सङ्घ मकवानपुरको नयाँ कार्यसमिति चयन गरेको छ, जसको उपाध्यक्षमा केशव समर्पण, सचिवमा विशाल अधिकारी, सहसचिवमा चिरञ्जीवी लामिछाने र कोषाध्यक्षमा डीबी बर्तौला पदाधिकारी रहेको ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

 


Advertisement

Advertisement
थप खबर...

नक्कली बिल बनाएर कँग्रेसकी नेपालगन्ज उमहानगरका उपमेयर थापाद्धारा खानामा समेत भ्रष्टाचार, पत्रकारहरु समेत सहभागी

रोशन ज्ञवाली काठमाडौं । नेपालीमा एउटा उखान छ ‘अति नगर्नु अति गरे आफैलाई खती’ अहिले यही भइरहेको छ नेपालगञ्ज...

सहानुुभति भोट नपाउने भएपछि रबिन्द्रकी बिद्या तनावमा

रमेश कुमार बोहोरा काठमाडौं । सहानुुभति भोट नपाउने भएपछि पूर्व पर्यटनमन्त्री रबिन्द्रप्रसाद अधिकारीकी बिद्या...

राजापुरमा बटैया प्रथा हटाएर ‘तिक्कुर’ प्रथा लादन खोज्ने समूह सकृय

राजापुर । परम्परागत रूपमा चलेको बटैया (आधा–आधा बाँड्ने) प्रथा हटाएर तिक्कुर प्रथा (तीन भागको दुई भाग किसानलाइ र...

प्रधानमन्त्री केपी ओलीलाई सम्राट शाहको चुनौती

सम्माननिय प्रधानमन्त्री केपी ओली ज्यु सायद तपाई देश भक्त नेता एवंम देश भक्त प्रधानमन्त्री हो। सायद देशको यस्तो...

गाडी व्यवसायी मात्र फटाहा हुन् भनेर समस्याको समाधान हुदैनः भण्डारी

काठमाडा, बैशाख १ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उप–महासचिव बसन्त भण्डारीले सिन्डिकेटको अर्थ नै...

ज्ञानेन्द्र शाह तेस्रो पटक राजा हुने पक्काः ज्यो. दीपक सुवेदी

काठमाडौं । ज्यो. दीपक सुवेदी त्यस्ता ज्योतिषी हुन् जसले बेला बेलामा राष्ट्रको बारेमा अनौठा अनौठा भविष्यवाणी...

सिण्डीकेटविरद्ध सडकमा उत्रिए एसपी

सुमन ढुंगाना पोखरा । यातायातको सिन्डीकेटलाई रोक्न सरकार कडा रुपमा प्रस्तुत भईरहेको अवस्थामा पोखरामा यातायात...

काँग्रेसले देश र जनताको पक्षमा केही राम्रा काम गर्नुपर्छः रमेशकुमार महत

नुवाकोटका रमेशकुमार महत नेपाली काँग्रेस नेता हुन्, विद्यार्थीकालदेखि नै राजनीति गर्दै आएका उनी नेपाली...

के अब ज्ञानेन्द्र नै अन्तिम विकल्प हो ?

रमेश कुमार बोहोरा काठमाडौ । राजा आउनुपर्छ भन्दै सलबलाउँदै गर्नेहरु धेरै छन् तर ज्ञानेन्द्र भने चुपचाप लागेका...

लिटल मिस हेरिटेज नेपालको आयोजना हुने

काठमाडौं, जेठ २६ । जेनिथ इन्टरटेनमेन्ट द्वारा ईप्लानेट प्रा.लि. को सहकार्यमा लिटल मिस हेरिटेज नेपालको आयोजना...

Advertisement
Advertisement

Subscribe our Newsletter